१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भक्तपुरमा कार दुर्घटना गराएर कार चालक फरार, गम्भीर घाईते अवस्थामा फेला परेकी युवतीको मृत्यु



काठमाडौं । दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कारमा एक युवतीको शव फेला परेको छ। भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कार भित्र गम्भीर घाईते अवस्थामा फेला परेकी करिब २५ वर्षीया युवतीको अस्पताल पु-याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो समाचार तयार पार्दा सम्म मृतक युवतीको सनाखत हुन सकेको छैन ।

मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बा ८ च ४७५६ नम्बरको कार बाहिर गम्भीर घाइते अवस्थामा ती युवती फेला परेकी थिईन् । उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा भक्तपुरले जनाएको छ।

भक्तपुरबाट काठमाडौं तर्फ आउँदै गरेको अवस्थामा मध्यराती १ बजेको समयमा उक्त कार सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार कार चालक तथा कारमा रहेको सवारी संख्याका बिषयमा अझै पत्ता लाग्न सकेको छैन ।

दुर्घटनापछि चालकसहित अन्य यात्रु भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएके छ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ०१ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।