३ चैत्र २०८२, मंगलबार | March 18, 2026

बुटवलको सुख्खानगरमा खाग तस्कर र प्रहरी बीच पेस्तोल खोसाखोस, पेस्तोल पड्केर एकजना घाईते



बुटवल । बुटवलको सुख्खानगरमा गैडाको खाग तस्कर र प्रहरीका बीच पेस्तोल खोसाखोस हुँदा पेस्तोल पड्केर एकजना खाग तस्कर घाईते भएका छन् ।

सुख्खानगरस्थित कलश होटलमा खाग सहित तस्करहरु बसेको सुचनाका आधारमा शादा पोशाकका प्रहरी पुग्दा तस्करहरुले प्रहरीको पेस्तोल खोस्नेक्रममा पेस्तोल पड्केर एकजना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको पेस्तोलको गोली लागेर तस्कर समूहका काठमाडौं बसन्तपुरका राकेश न्यौपाने घाईते भएका छन् । उनको यूनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

प्रहरीले अन्य २ जनालाई पक्राउ गरेको छ । तस्कर समूहका १ जना फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमा भक्तबहादुर थापा र कर्णबहदुर रावत रहेका छन् । सुर्खेतमा कर्णबहादुर रावत छन् भने भक्त बहादुर थापाको ठेगाना खुलेको छैन । उनीहरुबाट प्रहरीले गैडाको खाग बरामद गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न एक जना फरार रहेका छन् ।

चितवनमा लगातार गैडा मारिने क्रम बढेपछि प्रहरीले गैडाको खाग तस्कर गर्ने समूहको पहिचान गरि खोजिकार्यलाई तिब्र बनाएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ५७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड