१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

एक्सरे गर्न जाजरकोट आउने दिनको अन्त्य



जाजरकोट । वर्षौदेखि एक्सरे गर्नका लागि डोल्पाको सदरमुकाम दुनै वा जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा एक्सरे र ल्याव सेवा शुरु भएपछि वर्षौदेखिको दुःख हटेका हुन् ।

नौ वडा रहेको मुड्केचुलामा बीचभागमा पर्ने राजिकम्दस्थित स्वास्थ्य संस्थामा स्वास्थ्य सहायक र सिनियर अहेवकै भरमा दिनरात स्वास्थ्य सेवा प्रवाह भएपछि सर्वसाधारण खुशी भएका छन् ।

गाउँपालिकाले स्वास्थ्यकर्मीलाई आफ्नै लगानीमा तालीम तथा अन्य उपकरण उपलब्ध गराएपछि दैनिक गर्भ जाँचदेखि अन्य सेवा प्रभावकारी देखिएको स्थानीयवासी जगबहादुर सिंहले बताए । गाउँपालिकाले भर्खरै मात्र पाँच श्ययाको अस्पताल निर्माण कार्य शुरु गरेको छ ।

रुकुम, जुम्ला, जाजरकोट र डोल्पाको सिमानामा जोडिएको मुड्केचुला गाउँपालिकाको नौ वटा वडामा अन्य सेवा विस्तार गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

गाउँमै स्वास्थ्य सेवा प्रभावकारी भएपछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सुरक्षित रुपमा सुत्केरी गराउने दरसमेत बढेको छ । गाउँपालिकाको तर्फबाट स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई कुखुरा, शुद्ध पानी पिउने फिल्टर र पोसिलो खानेकुरा उपलब्ध गराइएको अध्यक्ष शाहीले बताए ।

फोन सेवा भरपर्दो नभएको मुड्केचुलामा गाउँमा बिरामी हुँदा वा महिलालाई परेको समस्या समाधान गर्न स्वयंसेविकालाई परिचालन गरिएको छ । रासस

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : ४० बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली