१० पुस २०८२, बिहिबार | December 25, 2025

गोरखा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित



गाेरखा । स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै गोरखा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन ।

उनीहरूले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेका छन् । अस्पतालमा उपचाररत सुत्केरीको सेवालाई लिएर विवाद उत्पन्न हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको थियो ।

विवादमा स्वास्थ्यकर्मीमाथि हातपातसमेत भएको अस्पताल विकास समिति कर्मचारी यूनियन एकाइ कार्यसमितिका अध्यक्ष चिजकुमार श्रेष्ठले बताए ।

चिकित्सकहरूले स्वास्थ्यकर्मीमाथि हातपात एवं दुव्र्यवहार गर्नेलाई कानुनी कारवाही नभएसम्म आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गर्ने बताएका छन् । उनीहरूले आइतबार बिहान काम छोडेर अस्पताल परिसरमा भेला भएर विरोध जनाएका थिए।

डा. सन्दीप श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको बताए । उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै छानबिनका लागि अस्पताल प्रशासनसँग निवेदन दिएका छन् । भीडभाडमा स्वास्थ्यकर्मीमाथि केही व्यक्तिले हातपात गरेको र कसले हो भन्ने यकिन नभएको उनले बताए ।

शनिबार बिहान गोरखा नगरपालिका-३ घलाङकी सुत्केरीलाई भेट्न उनका पति देवेन्द्रजंग कुँवर आएका थिए । उनी पटक–पटक प्रसूति वार्डमा आएपछि त्यसो नगर्न चिकित्सकले सुझाएका थिए ।

त्यही क्रममा विवाद हुँदा चिकित्सकमाथि हातपात भएको समितिका अध्यक्ष श्रेष्ठले बताए । विवादपछि उनका आफन्तले बाहिरबाट मान्छे बोलाएर कार्यकक्षमै चिकित्सकमाथि हातपात र दुर्व्यवहार भएको उनले बताए ।

देवेन्द्रले भने आफूमाथि अभद्र व्यवहार गरेपछि विवाद भएको जवाफ दिएका छन । घटनाको छानबिन गर्नका लागि समिति गठन गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिको आइतबार बसेको बैठकले भाइचन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ३५ बजे

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका