१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवल उपमहानगरका मुख्य सडकको मेडियनमा बुद्ध, उजीर सिंह र रामापिथेकस उभ्याइने



बुटवल । बुटवल उपमहानगर क्षेत्रमा पर्ने मुख्य राजमार्गका बीचभागमा हरियालीसहित शान्तिका अग्रदुत गौतम बुद्ध र युद्धका महानायक उजीर सिंह थापाको मुर्ति राखिने भएको छ ।

उपमहानगरले संचालन गरेको हरियाली प्रबर्धन र सहरी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत सडकको बीचमा रहेको डिभाईडरमा गौतम बुद्ध, उजीर सिंह र रामा पिथेकसको प्रतिमा स्थापना गरिने भएको हो ।

उपमहानगरको हरियाली कार्यक्रमलाई बुटवल क्षेत्रका वित्तीय संस्था, सामाजिक संघ संस्था तथा क्लबहरुले साझा प्रतिबद्धता जनाएका छन् ।

मुख्य सहरका सडकमा रहेका डिभाइडरलाई सिंगारेर एकनासका हरियाली बनाइनुका साथै ती स्थानमा बुद्धका जोडिएका प्रतिमा, रामापिथेकशको मुर्ती र कर्णेल उजिरसिंहका आकृति राखिने भएको हो ।

पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा पर्ने सडक डिभाइडरमा हयिालीसहित ति आकृति राख्न उपमहानगरसँग विभिन्न संघसंस्थाले सहकार्य गर्ने भएका हुन् ।

मंगलबार उपमहानगरमा एक समारोहका बीच यहाँका वित्तीय संस्था, सामाजिक संघ संस्था तथा क्लबहरुले साझा प्रतिबद्धता जनाएका छन् । सडक डिभिजन कार्यालय बुटवल र बुटवल–वेलहिया व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय मणिग्रामको जिम्मेवारी र क्षेत्राधिकारमा रहेका बुटवल उपमहानगरपालिका क्षेत्र खण्डमा पर्ने सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्गको डिभाइडरमा हरियाली प्रबर्धन गरिने छ ।

बुटवलमा पर्ने राजमार्ग खण्डको सडक बीचको भागलाई एकरुपतामा अनेक सुन्दरता कायम गर्नेगरी सहकार्यको सम्झौता भएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।
बुद्धावलीको बुटवलको असली चिनारी गराउने गरी हरियाली सहितको सभ्यताको बुटवल, मानव सभ्यताको बुटवल, राष्ट्रिय स्वाभिमानका नायक कर्णेल उजिरसिंहको बुटवलको आकृत्तिले सडक डिभाइडर सिगार्नेगरी सहकार्यको सम्झौता भएको प्रमुख सुवेदीले जानकारी दिए ।

गोलपार्कदेखि योगिकुटीसम्म र लुम्बिनी प्रादेशिक अस्पताल चोकदेखि कृषि उपज थोक बजार केन्द्र चोकसम्म राजमार्गको बीचमा रहेको मेडियनमा फूल विरुवा लगाइने छ भने त्यहीँ व्यवस्थित रुपमा बुद्ध प्रतिमा, रामापिथेकशको आकृति र कर्णेल उजिरसिंहको शालिक राखिने छ ।

हरियालीका लागि रोपिने विरुवा, फुल, तारजाली र प्रतिमा सबै एकै साइजका हुनेछन् ।

बुटवलको हरियाली प्रबर्धनका साथै बुद्धावलीको बुटवलका रुपमा चिनाउने प्रयासमा यहीँका सामाजिक संघ संस्था, वित्तीय संस्था र क्लबहरुको सहकार्य मोडलको नयाँ अभियान सुरु गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

उपमहानगरको हरियाली अभियानमा गोलपार्क चोकदेखि बहुमुखी पथसम्म सहस्रनगर युवा क्लब, बुटवल बहुमुखी पथदेखि क्याम्पसगेट सम्मको ‘बल्क ुए’मा हिमालय बैंक लिमिटेड, ट्राफिक चोकदेखि दुर्गा मन्दिर उत्तरसम्म लायन्स क्लब अफ बुटवल मिलनले सहरी हरियाली प्रबर्धनको काम गर्नेछन् ।

यस्तै दुर्गा मन्दिर उत्तरदेखि दुर्गा मन्दिर दक्षिणसम्म सनराइज बैंक लि, शहीद पार्क ९महेन्द्रपार्क० देखि प्रादेशिक अस्पताल गेटसम्म बुटवल सुनचाँदी व्यवसायी संघले सौन्दर्यकरणमा सहकार्य गर्ने भएको छ ।

यस्तै, प्रादेशिक अस्पताल गेटदेखि भुड्की चोकसम्मको क्षेत्रमा लायन्स क्लव अफ बुटवल डाइनामिक लेडिज, भुड्की चोकदेखि बसपार्क सम्ममा लायन्स कल्ब अफ बुटवल क्षितीज तथा मिलनचोकदेखि पश्चिमाञ्चल फाइनान्ससम्मको क्षेत्रमा रोटरी क्लब अफ बुटवल डाउनटाउनले सहकार्य गर्ने भएका छन् ।

प्रादेशिक अस्पताल इमरजेन्सी गेटदेखि होटल राजदुतसम्म लायन्स क्लब अफ बुटवल देउराली, यस्तै बस टर्मिनल परिसरमा शाइन रेशुङ्गा बैंक र लक्ष्मीनगर प्रवेशद्वार अगाडिदेखि कस्तुरी मिष्ठान्न भण्डारसम्मको क्षेत्रमा समाजसेवी नरिश्वर पौडेल, भुवनेश्वरी टोलविकास संस्था र पश्चिम नेपाल बस व्यवसायी प्रालीले सहकार्य गर्नेगरी सम्झौता भएको छ ।

हरियाली प्रवर्धन कार्यको अनुगमन प्रथम पक्षको हैसियतमा वुटवल उपमहानगरपालिका कार्यालय, सडक डिभिजन कार्यालय तथा बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार परियोजना कार्यालयबाट हुनेगरी सहकार्य गरिएको बुटवल उपमहानगरपालिकाको राजमार्ग हरियाली प्रबर्धन समितिका संयोजक तथा वडा नं.१० का अध्यक्ष पदम थापाले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ११ बजे

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’