२३ बैशाख २०८१, आइतबार | May 5, 2024

फुटबल एकेडेमी सञ्चालन गर्न एन्फा र सशस्त्र प्रहरी बलबीच सम्झौता



काठमाडौं । युवा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल एकेडेमी सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपिएफ) बीच सम्झौता भएको छ । एन्फाले युवा खेलाडी विकासका लागि एपीएफसित छ वर्षको सम्झौता गरेको हो ।

युवा खेलाडी विकासका लागि नेपाल एपिएफ स्कूल फुटबल एकेडेमी स्थापनाका गरिने छ । एन्फा र एपिएफ दुवै पक्षबीच युवा खेलाडीलाई शिक्षामा सहयोग गर्दै व्यावसायिकरुपमा फुटबलतर्फ आकर्षित गर्न सो सहमति भएको हो ।

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा मंगलबार आयोजिक एक कार्यक्रममा सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले हस्ताक्षर हस्ताक्षर गरे ।

एन्फा र एपिएफ एकेडेमीको प्राविधिक टोलीले देशभरिबाट २१ खेलाडी छनोट गर्नेछ । तीमध्ये १४ खेलाडीको एन्फा र एपिपीएफले प्रायोजन गर्नेछन् ।

दुवै पक्षले उनीहरुको कक्षा १२ सम्मको पठनपाठनको सम्पूर्ण खर्च ब्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ । खेलाडी उत्पादनका लागि एन्फासित सहकार्य गर्न तयार रहेको महानिरीक्षक खनालले बताए ।

शीर्ष डिभिजनको लिग खेल्ने एपिएफ क्लबले आफ्नै एकेडेमी सञ्चालन गर्न लागेको यो पहिलोपटक हो । एपिएफ, एन्फा र खुलातर्फ सात सात गरी २१ खेलाडी छनोट गरी एकेडेमीमा भर्ना गरिने छ । एकेडेमी सञ्चालन गर्न एन्फाले वार्षिक रु १० लाख सहयोग गर्ने बताइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ५१ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa