१ पुस २०८२, मंगलबार | December 17, 2025

नेकपामा अनौपचारिक भेटवार्ता सुरु, बुधबार दुई अध्यक्षको प्रधानमन्त्री निवासमा भेटवार्ता



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच लामो समय देखिको सम्बादहिनतालाई तोड्दै बुधबार भेटवार्ता भएको छ।

झण्डै १ महिना सम्बादहिनताको अवस्थामा रहेका दुई अध्यक्षको मंसिर २० गते बसेको सचिवालयको बैठक अगाडी केहिबेर सम्बाद भएको थियो भने त्सपछि आज दुई अध्यक्षकाबीच भेटवार्ता भएको हो । पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

दुई अध्यक्षबीच भएको भेटवार्ताका बिषयमा नखुलाईएपनि २० गतेको सचिवालय र २१ गतेको स्थायी समितिको बैठकले अनौपचारिक वार्ता जारी राख्ने सहमती अनुसार भेटवार्ता भएको बताईएको छ ।

पार्टीभित्र विवाद अहिले पनि उत्कर्षकै अवस्थामा छ । यस बीच पटक पटक दुई अध्यक्ष र सचिवालय तथा स्थायी समितिको बैठकमा पत्रको जुहारी चल्दै आएको छ । अध्यक्ष प्रचण्डको प्रस्तावलाई अस्विकार गर्दै प्रचण्डले माफि नमाग्दा सम्म बैठकमा उपस्थित नहुने बताएपनि सचिवालय बैठकमा आफै र स्थायी समितिमा पत्र मार्फत प्रधानमन्त्री ओलीले उपस्थिती जनाएका छन् । आज भएको वर्तालाई नेकपा बृत्तमा चासोका साथ हेरिएको छ।

मंसिर २१ गतेबाटख सुरु भएको नेकपा स्थायी समित बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्रहरु छलफलका लागि प्रस्तुत गरिएको थियो। स्थायी समिति सदस्यालाई छलफलका लागि भन्दै स्थायी समिति बैठक २८ गते सम्मलाई स्थगित गरिएको छ।

२१ गतेको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी भएका थिएनन्। उनी बैठकमा अनुपस्थित भए पनि पत्रमार्फत स्थायी समिति सदस्यलाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ३ : १७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष