१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

‘भू पू सैनिकहरुले आन्दोलन चर्काएपछि सरकारले सामाजिक सुरक्षा भत्ताबारेको निर्णय सच्चायाे’



बुटवल । संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले सरकारले आफुहरुलाइ सामाजिक सुरक्षा भत्ताबाट बञ्चित गराएर केहि समय अनागरिकलाइ जस्तो ब्यबहार गरेको भन्दै गुनासो गरेका छन् ।

उनीहरुले नेपाललाइ बिश्व सामु चिनाउने काम सगरमाथा,गौतबबुद्ध र बीर गोर्खालीले नै गरको भन्दै सरकारले आफुहरुको केहिसमय अबमुल्यन गरेको आरोप लगाए ।

सरकारद्धारा हतार, अपरिपक्क र सुनियोजित तरिकाले भारतीय र बृटिस सेनाबाट अवकाश भु।पु सैनिकलाई लक्षित गरी २०७७ आषाढ १७ गते मन्त्रीमण्डलको निर्णयले सामाजिक सुरक्षा भक्ताबाट बञ्चित गराई अनागरिक र विदेशी सैनिकसरह गणना गर्ने कुचेष्टा गरेको सह अध्यक्ष क्याप्टेन किसन बहादुर थापाले बताए ।

महासंघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर भूपूहरुले आन्दोलन चर्काएपछि सरकारले अहिले निर्णय सच्चाएको थापाले बताए ।

बीर गोर्खा भन्ने शब्द भोलीका दिनमा के हुने हो भन्ने चिन्ताले सताई रहेको हुदा महासंघ लगातार हक अधिकार र पहिचानको लागि संघर्षमा रहेको महासचिब सुबेदार कुलबहादुर केसीले बताए ।

नेपालमा बसोबास गर्ने भारतीय, बृटिस र नेपाली सेना, पुलिस र अन्य सुरक्षा निकायवाट अवकास प्राप्त भु।पु। सैनिकले कमाएको ईमान्दारी र बहादुरीको कारण नेपालको शिक्षा तथा बहादुर चम्किएको उनीहरुको दाबि छ ।

महासंघको संघर्षलाई सकारात्मक लिएर सरकारले पुरानो निर्णयलाई सच्चाउदै २०७७ मंसिर २१ गते राष्ट्रपतिबाट नयाँ अध्यादेश जारी भएकोमा उनीहरुले सरकारलाई धन्यवाद दिएका छन् ।

अब उपरान्त भूपूहरुको ईतिहास पहिचान र मनमा आँच आउने खालका कुनै पनि कानुन बनाउनु पूर्व सल्लाह लिनका लागि महासंघले आग्रह गरेको छ । कार्यक्रममा प्रदेश इन्चार्ज कोष बहादुर गुरुङ, दल बहादुर छन्तेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : ०५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू