१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

कोरोना संक्रमणले बिस्तरामा लखटरान परेका चिकित्सकको दिमाखमा जव गीत गुन्जन्छ….(भिडियो सहित)



बुटवल । रात दिन बिरामीको सेवामा समर्पित चिकित्सक जव आफैमा कोरोना संक्रमित भएर बिस्तरामा लखतरान पर्दछन् तव उनीहरुको दिमाखमा खेल्ने शब्द, बिरामीका पिडाको अनुभूती र भोलीको भबिश्यका बारेमा आउने सोंचलाई समेटेर लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले गीतको सृजना गरेका छन् ।

संक्रमणले छटपटाईरहेका कोरोना संक्रमितका पिडालाई शब्दमा उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ नामको गीती एल्बमको युट्यूव संस्करणको आज एक कार्यक्रम गरि सार्वजानिक गरिएको छ । समर्पण पीडा र आशा वोकेको म्युजीक भिडियोमा संक्रमित भएर थलिएर भेन्टिलेटरमा बस्दा संक्रमितहरुमा आउने मनोभावलाई जस्ताको तस्तै म्युजीक भिडियोमा उतारिएको छ । दुखाईको पिडा, मृत्यु भएपछि परिवारले भोग्नु पर्ने समस्याको अवस्था, संक्रमित हुंदा समाजले गर्ने तिरस्कार, प्लास्टिकमा बेरिएर गरिएको दाहसंस्कार मानसपटलमा कसरी घुम्दछ भन्ने बिषयलाई म्युजीक भिडियोमा जस्ताको तस्तै उतारिएको छ । बिरामीको सेवामा लाग्दा एउटा चिकित्सकमा आउने भावनालाई शब्दमा उनेर डा. खनालले कारुणीक सिर्जना गरेका छन् ।

वालकृष्ण पान्डेको म्युजीक डा राजेन्द्र खनालको गीतकार सुदिप सागरको एरेन्ज सनोज पौडेलको फोटोग्राफि र कमल खत्री र देबिराम घिमिरेको डिजाईन रहेको म्युजीक भिडियो आजबाट युट्युव च्यानलमा हेर्न र सुन्न सकिने डा. खनालले बताएका छन् । म्युजीक भिडियोमा बालकृष्ण पान्डेको आवाज रहेको छ ।

बेला बखत मनोभाव लेखेर चर्चा कमाउने गरेका मेसु खनालले चिकित्सकको नैतिक जिम्म्ेवारीलाई पनि गीतको भावले जगाउने प्रयास गरेका छन् ।

म्युजीक भिडियो सार्वजानिक गर्न प्रादेशिक अस्पतालमा गरिएको कार्यक्रममा बोल्दै डा. खनालले संक्रमितको अनुभूतिलाई आफ्नै पिडामा समिश्रण गर्दा गीत बनेर निस्केको बताए ।

सामाजिक विकास मन्त्रालयका निर्देशक उमाशंकर चौधरीले आफु संक्रमित हुंदा भेन्टिलेटरमा बसेर कल्पना गरेको कुरा म्युजीक भिडियोमा समेटिएको बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका पूर्व मेसु डा. कृष्ण खनालले आफु संक्रमित हुँदा स्थानीय जनप्रतिनिधिले आफ्नो घरको गेटमा बाहिरबाट ताला लगाईदिएको स्मरण गर्दे आफन्तले समेत १० मिटर टाढाबाट बोल्ने गरेको अनुभव सुनाएका थिए । कोरोनाले ग्रसित हुँदा एम्बुलेन्स नपाएर पैडल एक्सरे गर्न अस्पताल पुग्नु परेको, घर वरिपरिका छिमेकीहरु घरको बाटो समेत नहिंडेको जस्ता पिडाले मानीसलाई अझै कमजोर बनाउने गरेको डा. खनालले बताए ।

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ३ : ४८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग