१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

अमेरिकामा कोरोनाविरुद्धको खोप सोमबारदेखी लगाउन शुरु गरिने



एजेन्सी । अमेरिकामा फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप सोमबारबाट लगाउन शुरु गरिने भएको छ ।

खोपको पहिलो ३० लाख डोज उपलब्ध भइसकेको अमेरिकी अधिकारीहरुले बताएका छन । ती खोप सबै राज्यमा उपलब्ध हुने र प्राथमिकताका आधारमा दिइने छ ।

यो खोप कोरोनाभाइरस विरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै अमेरिकी नियामक संस्था फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडीए० ले सुरक्षित भएको जनाएको छ ।

कोरोना महामारीको संकटबीच यो खोपले स्वीकृति पाउनुलाई निकै महत्वका साथ हेरिएको छ । यो खोपलाई स्वीकृति दिनका लागि दवाब परिरहेको बेला गत शुक्रबार एफडीएले अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

जाडो शुरु भएसँगै अमेरिकामा कोरोना भाइरसको संक्रमण बढेको छ । शनिबार मात्र अमेरिकामा दुई लाख १५ हजार नयाँ संक्रमित थपिएका छन् । दुई हजार २८६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सक्रिय संक्रमितको संख्या करीब ६६ लाख पुगिसकेका छन् । मृतकको संख्या तीन लाख पाँच हजार पुगेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ७ : ४३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम