२५ श्रावण २०८३, सोमबार | August 10, 2026

बालुवाटारमा बस्ने स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओली उपस्थित हुने,होला त सहमति ?



काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले स्थायी समितिको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहभागी हुने जनाउ दिएसँगै नेकपा स्थायी कमिटीको बैठकस्थल परिवर्तन भएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले नियमित कार्यसूचि अन्तर्गत पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाएपनि महासचिवको आग्रहमा बैठक प्रधानमन्त्री निवास बालुवाटारमै सारिएको हो ।

आजको बैठकमा यस अघि दुई अध्यक्षले प्रस्तुत गरेका १९ र ३८ पाने प्रस्ताव एवं विभिन्न पत्राचारका विषयमा स्थायी समितिका सदस्यहरुले बोल्ने कार्यसूचि छ । तर, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पास गर्दै अबैठक स्थगित गर्ने सम्भावना रहेको नेकपाका एक नेताले बताएका छन् ।

ती नेताका अनुसार, शोक प्रस्ताव पारित भएपछि कुनै पनि बैठक नियमित कार्यसूचीमा अघि नबढ्ने प्रचलन छ । नेता लामाको गत मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

बैठकको मिति लगातार सार्न चाहेका प्रधानमन्त्री ओलीलाई यो पनि एक अवसर हुने नाम नबताउने सर्तमा अर्का एक नेताले बताए । सम्भवत १–२ दिनका लागि बैठक पछि सर्नेछ । स्थायी समितिको बैठक सरेसँगै आसन्न केन्द्रीय कमिटीको बैठक पनि सार्न ओली पक्षको प्रस्ताव रहने अनुमान गरिएको छ ।

दुई अध्यक्षसहित नेकपामा विवाद चुलिंदै गएपछि आजको बैठकमा विवादको निकास निस्कने गरी छलफल हुने नेकपाका एकता चाहने कार्यकर्ताहरुले अपेक्षा गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  १० : १६ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय