३ पुस २०८२, बिहिबार | December 18, 2025

नेकपा विवादको प्रभाव संवैधानिक परिषदमा, प्रधानमन्त्रीले बोलाएको बैठकमा सभामुख अनुपस्थित



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले हिजै बैठकमा अनुपस्थित हुने जनाएका थिए । तर, सत्तारुढ नेकपाभित्रको अन्तसंघर्षका कारण सभामुख सापकोटाा समेत अनुपस्थित भएपछि परिषद् बैठक प्रभावित भएको छ ।

दुई सदस्य अनुपस्थित भएपछि गणपुरक संख्याको अभावमा बैठक स्थगित भएको छ । सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका छन् ।

सभामुख सापकोटा संसदको पूर्वनिर्धारित कार्यक्रममा संसद सचिवालयमै रहेको उनको सचिवालयले जनाएको छ ।

६ सदस्यीय संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीस, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने गर्छन् । बैठक बस्नका लागि ५ जनाको अनिवार्य उपस्थिति हुनुपर्छ ।

एक वर्षदेखि उपभामुख रिक्त रहेका कारण अहिले रहेका सबै सदस्य उपस्थित भएपछि मात्रै बैठक बस्न सक्छ । संवैधानिक परिषद ऐन २०६६ को दफा ६ को उप–दफा ३ मा अध्यक्ष र अन्य चार सदस्यको उपस्थिति अनिवार्य गरेको छ। संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने गर्छन् ।

तर, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राण र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना मात्रै उपस्थित भएपछि बैठक प्रभावित बनेको हो ।

परिषदको बैठक नबस्दा विभिन्न संवैधानिक आयोगमा रिक्त ४५ पदमा नियुक्तिका लागि सिफारिस हुन सकेको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ११ : १६ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको