२९ भदौ २०८३, सोमबार | September 14, 2026

पाँच जिल्लाका ६ स्थानमा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा सुरु



काठमाडौं । ग्लोबल आइएमई बैंकले देशका विभिन्न जिल्लामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

बैंकले आइतबार पाँचथर, तेह्रथुम, धनुषा, बागलुङ र दैलेखका ६ अलग अलग स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो । जसअनुसार तेह्रथुमको फेदाप गाउँपालिका, धनुषाको नगराईन नगरपालिका फुलगामा, दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिका, बागलुङको बाडिगड गाउँपालिका सिमालचौर र पाँचथरको याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८पुगेको छ ।

बैंकले तेह्रथुम जिल्ला फेदापगाउँपालिका वडा नं. ०२ ओयाकजुङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा चन्द्रकला ढकाललाई तोकेको छ । धनुषाको नगराईन नगरपालिकावडा नं. ०४ फुलगामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा राजकुमार साह तोकिएका छन् । यसैगरी, दैलेखको दुल्लु नगरपालिका वडा नं. ०७ दुल्लु बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा दामोदर उपाध्याय, दैलेखकै भैरबी गाउँपालिका वडा नं. ०५, दादिमाडी बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बखतबहादुर शाही तोकिएका छन् ।

यस्तै, बागलुङको बाडिगाड गाउँपालिका वडा नं. ०२ सिमालचौरमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा होमनाथ खराल र पाँचथर जिल्ला याङवरक गाउँपालिका वडा नं. ०१ गणेश चोकमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा घनेन्द्र काफ्लेलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्ने पनि बैंकले जनाएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जालसहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३८ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : ३२ बजे

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध