१२ कार्तिक २०८३, बिहिबार | October 30, 2026

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच छलफल



काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारी बीच आज छलफल भएको छ । एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि (ECF) कार्यक्रमको तयारी लगायत अर्थतन्त्रका अन्य विविध विषयमा आज भिडियो कन्फ्रेन्स मार्फत अर्थमन्त्री र मुद्रा कोषका पदाधिकारी बीच छलफल भएको हो ।

उक्त छलफलमा अर्थमन्त्रीले प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि (ECF) कार्यक्रमको तयारीका लागि नेपाल र कोषका पदाधिकारीहरुबाट संयुक्त रुपमा भैरहेको कामप्रति खुशी व्यक्त गरे। उनले कोभिड १९ महामारीको कठिन परिस्थितिमा श्रोत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्च महिनामा कोषले र्‍यापिड क्रेडिट फ्यासिलिटि (ECF) मार्फत नेपाललाई गरेको सहयोग तथा सिसिआरटि। (Catastrophe Containment and Relief Trust) अन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा हार्दिक आभार प्रकट गरे।

यस्तै अर्थमन्त्री र कोषका पदाधिकारी बीच कोभिड १९ ले बढी प्रभाव पारेको क्षेत्रहरु र सो लगायत समग्र आर्थिक पुनरुत्थानको गति थप तिव्र बनाउने लगायतका विषयमा पनि छलफल भयो। सो क्रममा यस आर्थिक वर्षको बजेटले मुख्य रुपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचार लगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पुर्‍याउने धारणा राखे ।

अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सक्रियता तथा नेतृत्वमा G20 का सदस्य मुलुकहरुबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगन सम्बन्धी सुविधाका लागि अर्थमन्त्रीले धन्यवाद दिनुहुँदै न्यून आय भएका मुलुकहरुलाई थप कुनै अतिरिक्त भार वेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनु पर्ने बताए।

उक्त छलफलमा कोषका पदाधिकारीहरुले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमको तयारीको पछिल्लो प्रगतिको बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाए। साथै, आर्थिक पुनरुत्थानको लागि कोषले नेपालसंग थप सहकार्य गर्दै जाने समेत बताए।

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ६ : ४८ बजे

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै