२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

दाङमा गुडिरहेको बसमा आगो लाग्यो



दाङ । दाङको तुलसीपुरबाट नेपालगन्ज जाँदै गरेको एक बसमा  गुडिरहेकै अवस्थामा आगो लागेको छ ।

अम्बिकेश्वरी यातायात प्रालीमा दर्ता भएको रा १ ख २३७४ नम्बरको बसमा बिहान ६:३० बजेतिर आगो लागेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा पुग्दा चालक पतिराम चौधरीले आगो लागेको देखेपछि तत्कालै बस रोकेर यात्रु झारेका थिए ।

बसमा आगो लागेपनि कुनै मानवीय क्षति नभएको चालक चौधरीले बताएका छन् । बसमा १३ जना यात्रुहरु रहेका थिए ।

ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागबाट आगो सल्किएको चौधरीले बताए । समयमै दमकललाई खबर गरेपनि समयमा नआएका कारण बस पुरै जलेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ३६ बजे

आज केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि