२४ बैशाख २०८१, सोमबार | May 7, 2024

कुमारी बैंकको १४ प्रतिशत लाभांश पारित,१०.८५ प्रतिशत बोनस र ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौ। कुमारी बैंकले १४ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको २०औं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई आव२०७६/०७७ को लागि १०.८५५ प्रतिशत बोनस शेयर तथा ३.१५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर जारी पश्चात्  बैंकको चुक्ता पुँजी रु.१३ अर्ब ८७ करोड हुनेछ ।

यस्तै साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व।२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै बैंकले अनलाइन प्लाटफर्ममार्फत शेयरधनीहरुको धारणा समेत समावेश गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप रु.१२४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम रु.११५ अर्ब १३ करोड प्रवाह गरी संचालन मुनाफा रु.२ अर्ब १४ करोड तथा रु.१ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप रु। १२२ अर्ब २९ करोड तथा कुल कर्जा रकम रु. ११५ अर्ब १९ करोड गरि रु. ८६ करोडको संचालन मुनाफा र रु.६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ०४ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,