२९ भदौ २०८३, सोमबार | September 14, 2026

कुमारी बैंकको १४ प्रतिशत लाभांश पारित,१०.८५ प्रतिशत बोनस र ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौ। कुमारी बैंकले १४ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको २०औं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई आव२०७६/०७७ को लागि १०.८५५ प्रतिशत बोनस शेयर तथा ३.१५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर जारी पश्चात्  बैंकको चुक्ता पुँजी रु.१३ अर्ब ८७ करोड हुनेछ ।

यस्तै साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व।२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै बैंकले अनलाइन प्लाटफर्ममार्फत शेयरधनीहरुको धारणा समेत समावेश गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप रु.१२४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम रु.११५ अर्ब १३ करोड प्रवाह गरी संचालन मुनाफा रु.२ अर्ब १४ करोड तथा रु.१ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप रु। १२२ अर्ब २९ करोड तथा कुल कर्जा रकम रु. ११५ अर्ब १९ करोड गरि रु. ८६ करोडको संचालन मुनाफा र रु.६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ९ : ०४ बजे

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध