१६ बैशाख २०८१, आइतबार | April 29, 2024

संसदको विशेष अधिवेशन माग गर्दै नेकपाका सांसदहरु राष्ट्रपति कार्यालयमा, निवेदन दर्ता गर्ने सचिव वेपत्ता



काठमाडौं । संघीय संसदको विशेष अधिवेशन आह्वानको माग गर्दै सत्तारुढ नेकपाका सांसदहरु राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

संसदको नियमित हिउँदे अधिवेशन आह्वान नगरी नेकपाकै सरकारले भटाभट विवादास्पद र गम्भीर प्रकृतिका अध्यादेशहरु जारी गर्न थालेपछि सांसदहरुले विशेष अधिवेशनको माग गरेका हुन् ।

सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशनको मागको निवेदन सहित पुगेको उनीहरुले निवेदन बुझाउन भने पाएका छैनन् ।

निवेदन नबुझ्नकै लागि राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल राष्ट्रपति कार्यालयभित्रै वेपत्ता भएका छन् ।

सांसदहरु भीम रावल, पम्फा भुषालसहितका नेताहरुले सचिव पौडेललाई घण्टौं कुर्दा पनि भेटन् नपाएको गुनासो गरेका छन् ।

संसदका एक चौथाई सांसदले राष्ट्रपतिलाई लिखित निवेदन दिए विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

काँग्रेसमा पनि विशेष अधिवेशनको माग
यसैबीच नेपाली काँग्रेसका सांसद गगन थापाले तत्कालै विशेष अधिवेशनका लागि माग गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

सांसद थापाले सरकारको सर्वसत्तावादी चरित्रको भण्डाफोर गर्न विशेष अधिवेशन माग गर्नुपर्ने बताएका हुन् । काँग्रेस पदाधिकारी बैठक बस्नुअघि ट्वीटमार्फत थापाले भनेका छन् :

‘आज बैठक बस्दै हुनुहुन्छ, शेरबहादुर देउवाज्यू, फेरि विनम्र अनुरोध ! संविधानको धारा ९३ (३) अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ’, बुधबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा सभापति देउवालाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ।

उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ।’

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : २५ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क