१५ असार २०८३, सोमबार | June 29, 2026

संसदको विशेष अधिवेशन माग गर्दै नेकपाका सांसदहरु राष्ट्रपति कार्यालयमा, निवेदन दर्ता गर्ने सचिव वेपत्ता



काठमाडौं । संघीय संसदको विशेष अधिवेशन आह्वानको माग गर्दै सत्तारुढ नेकपाका सांसदहरु राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

संसदको नियमित हिउँदे अधिवेशन आह्वान नगरी नेकपाकै सरकारले भटाभट विवादास्पद र गम्भीर प्रकृतिका अध्यादेशहरु जारी गर्न थालेपछि सांसदहरुले विशेष अधिवेशनको माग गरेका हुन् ।

सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशनको मागको निवेदन सहित पुगेको उनीहरुले निवेदन बुझाउन भने पाएका छैनन् ।

निवेदन नबुझ्नकै लागि राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल राष्ट्रपति कार्यालयभित्रै वेपत्ता भएका छन् ।

सांसदहरु भीम रावल, पम्फा भुषालसहितका नेताहरुले सचिव पौडेललाई घण्टौं कुर्दा पनि भेटन् नपाएको गुनासो गरेका छन् ।

संसदका एक चौथाई सांसदले राष्ट्रपतिलाई लिखित निवेदन दिए विशेष अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

काँग्रेसमा पनि विशेष अधिवेशनको माग
यसैबीच नेपाली काँग्रेसका सांसद गगन थापाले तत्कालै विशेष अधिवेशनका लागि माग गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

सांसद थापाले सरकारको सर्वसत्तावादी चरित्रको भण्डाफोर गर्न विशेष अधिवेशन माग गर्नुपर्ने बताएका हुन् । काँग्रेस पदाधिकारी बैठक बस्नुअघि ट्वीटमार्फत थापाले भनेका छन् :

‘आज बैठक बस्दै हुनुहुन्छ, शेरबहादुर देउवाज्यू, फेरि विनम्र अनुरोध ! संविधानको धारा ९३ (३) अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ’, बुधबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा सभापति देउवालाई मेन्सन गर्दै थापाले लेखेका छन्, ‘उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ।

उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ।’

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : २५ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि