२६ आश्विन २०८३, सोमबार | October 12, 2026

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग



काठमाडौँ । झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १६ लाख ८९ हजार २५० आर्थिक सहयोग गरेको छ । समाजले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित जनताको राहत र पुनःस्थापनाका लागि आज प्रधानमन्त्री राहत कोषमा उक्त रकम हस्तान्तरण गरेको हो ।

तनहुँका समाजसेवी इन्जिनियर सुजन विष्टको समन्वयमा सङ्कलित उक्त रकम आज कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । मन्त्री वाग्लेलाई पुलिस मेस एसोसिएसन भारत राँचीका अध्यक्ष रामबहादुर गोदार, गोरखा सेवा निवृत्त सङ्घ राँचीका अध्यक्ष राजेनसिंह क्षेत्री, गोरखा उत्कर्ष युवा सङ्घका उज्वल थापा, दिवस ओली र गोविन्द पाण्डेले हस्तान्तरण गरेका थिए ।

उक्त रकम झारखण्ड गोरखा समाजको अगुवाइमा प्रथम बाहिनी झारखण्ड, सशस्त्र पुलिस, गोरखा सेवा निवृत्त सङ्घ, भजनकीर्तन मण्डली र गोरखा उत्कर्ष युवासङ्घ राँची झारखण्डको पहलमा सङ्कलन गरिएको हो । रकम बुझ्दै मन्त्री वाग्लेले भारतको झारखण्डमा रहेर नेपालप्रति देखाएको स्नेह र सहकार्यप्रति हार्दिक आभार प्रकट गरे । उक्त कार्यले सामाजिक र मानवीय एकतालाई मजबुद बनाएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ९ : २६ बजे

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई