१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नेपालमा आज ७ सय ३६ कोरोना संक्रमित थपिए, पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ सय ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ७ सय ३६ जना थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । यीमध्ये ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ सय ४७ जनाले कोरोना संक्रमण जितेका छन् भने कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १३ जनाको निधन भएको छ । यससँगै कोरोना संक्रमणबाट देशभर अहिलेसम्म १ हजार ७ सय ४३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : १२ बजे

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव