६ श्रावण २०८३, बुधबार | July 22, 2026

राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका बीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्झौता



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ललितपुरको महालक्ष्मी नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि नगरपालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नुनपर्ने भन्ने भ्रम रहेकोले कार्यन्वनयमा चुनौति थपिएको बताए ।

नगर प्रमुख रामेश्वर श्रेष्ठले यो कर्जाले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनिकरण हुने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए। कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गरेका थिए ।

उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, बागमती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, नगरपालिकाकी उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम थापा, वडा अध्यक्षहरु, सदस्यहरु, स्थानीय वासिन्दा बेदबहादुर लावती, लुभु शाखाकी प्रबन्धक भावना फुँयाल, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ४७ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ