२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मुख किन गन्हाउँछ ? थाहा पाउनुहोस



एजेन्सी । के तपाईंको मुख गन्हाउने समस्या छ ? त्यसो हो भने सचेत बन्नुहोस् । तपाईंलाई कुनै रोग लागेको समेत हुनसक्छ । यदि मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहिरहेको छ भने शरीरमा कुनै न कुनै समस्या भएको पक्का ठान्नोस् ।

मुख वा श्वास गन्हाउने समस्या लामो समयसम्म रहेमा तल उल्लेखित रोगहरु लाग्ने प्रबल सम्भावना रहेको हुन्छ ।

कस्ता रोग लागेको हुनसक्छ ?

क्यान्सर : लामो समयसम्म धुमपान गर्ने वा सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । मुखमा धुमपान वा सुर्ति सेवनवाट क्यान्सर भएको खण्डमा श्वास गन्हाउने समस्या पनि देखिन्छ ।

इनडाइजेशन : शरीरको पाचन क्रियाले राम्ररी काम नगर्दा इनजाइजेशन (अपच) हुने गर्छ । यस्तो अवस्थामा खाएको खानेकुराहरु नपचेर ग्याँसको रुपमा बाहिर आउदा श्वास र मुखमा दुर्गन्ध आउने गर्छ ।

लंग्स इन्फेक्सन : फोक्सोमा कुनै किसिमको खराबी भएमा पनि त्यस्ता ब्यक्तिहरुको श्वास गन्हाउने गर्छ ।

लिवर इन्फेक्सन : कलेजोमा आएको खराबीका कारण खाएको खानेकुरा राम्ररी पच्न पाउदैन । अपच भएको खानेकुरा ग्याँसको रुपमा बाहिर आउने हुदाँ श्वास गन्हाउने समस्या देखिन्छ ।

डायबिटीज : डायबिटीज वा मधुमेहका कारण शरीरको मेटाबोलिकमा बेला बेलामा परिवर्तन आइरहन्छ । जसको कारण श्वास गन्हाउने समस्या देखिन्छ ।

किड्नीमा समस्या : किड्नी वा मृगौलामा कुनै किसिमको समस्या देखियो भने त्यसले शरीरको मेटाबोलिकमा परिवर्तन ल्याउने काम गर्छ । यस्तो अवस्थामा मुख सुख्खा बढी हुन्छ र श्वास गन्हाउन थाल्छ ।

गमको समस्या : दाँत र हड्डीमा देखिने पेरिओडेन्टल रोगलाई गमको समस्या भनिन्छ । यो समस्या भएमा पनि श्वास गन्हाउने गर्छ ।

इन्फेक्सन : उचित तरिकाले दाँतको ब्रस नगर्दा मुखमा किटाणुको संख्या अत्याधिक बढ्ने गर्छ । जसको कारण मुखको इन्फेक्सन भएर श्वास गन्हाउने गर्छ ।

गिजाको समस्या : गिजामा पेरियोडेन्टल समस्या हुदाँ श्वास गन्हाउने गर्छ । पेरियोडेन्टलको समस्या मुखमा रहेको ब्याक्टेरियाले निकाल्ने चिल्लो पदार्थको कारण हुने गर्छ ।

सुख्खा मुख : हाम्रो मुखवाट निस्किरहने र्‍यालले हाम्रो मुखको सफाइ पनि गरिरहेको हुन्छ । यदि मुखवाट निस्किने यस्तो र्‍याल (स्लाइव)को मात्रामा कमी भएमा मुखमा समस्या आउन थाल्छ र श्वास गन्हाउने समस्या देखिन्छ । एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ६ : ३७ बजे

विदेशीन रहर गर्ने युवाहरुलाई उदाहरण प्रस्तुत गर्दै टिकापुरका युवाहरु

टिकापुर । विदेश गएर जुठो भाँडा माझ्नु, चौकिदारी गर्नु, अर्काको

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई