१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बेचबिखनका अपराधमा मधेसी समुदायका व्यक्तिहरु धेरै



काठमाडौं । विगतमा जनजाति समुदायका धेरै व्यक्ति पर्ने गरेको मानव बेचबिखन तथा ओसारपसारको अपराधमा पछिल्लो समय मधेशी समुदायका व्यक्तिहरु धेरै पर्न थालेको देखिएको छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) को मिडिया विश्लेषणमा २०७६ सालमा सबैभन्दा बढी मधेशी समुदायका व्यक्तिहरु प्रभावित भएको देखिएको हो । एटविनले गत वर्ष नेपालका मूलधारका अखबार तथा म्यागाजिनहरुमा बेचबिखनसम्बन्धी सञ्चार सामग्रीको विश्लेषण गरेको थियो ।

जसअनुसार ४६ प्रतिशत समाचारमा मधेशी समुदायका व्यक्तिहरु त्यस्ता अपराधमा पर्ने गरिएको रिपोर्टिङमा उल्लेख गरिएको थियो ।
पछिल्लो समय सरकारले विमानस्थलबाट भारत हुँदै अन्य देशमा पठाउने क्रियाकलापमा कडाइ गरेपछि आर्य अनुहार भएका व्यक्तिहरुमा मधेसी समुदायलाई गिरोहहरुले निशानामा पार्न थालेको मिडिया विश्लेषण गरेका पत्रकार विजय पौडेलले बताए ।

प्रतिवेदन अनुसार बेचबिखनमा परेकामध्ये २२ प्रतिशत दलित, १७ प्रतिशत ब्राह्मण क्षेत्री, छ प्रतिशत मुस्लिम, तीन प्रतिशत थारु (चौधरी), तीन प्रतिशत गुरुङ, दुई प्रतिशत मगर र एक प्रतिशत तामाङ रहेका छन् । सबैभन्दा बढी अन्तरदेशीय बेचबिखन तथा ओसारपसार ६२ प्रतिशत रहेकोमा २८ प्रतिशत वैदेशिक रोजगारीको नाममा हुने गरेको देखिएको छ ।

त्यस्तै, पछिल्लो समय आन्तरिक बेचबिखन पनि बढ्दै गएको विश्लेषण पौडेलले गरेका छन् । गत वर्ष ११ प्रतिशत रिपोर्टिङ आन्तरिक बेचबिखन तथा ओसारपसारको भएको छ । समाचारहरुका अनुसार ५५ प्रतिशत बेचबिखन तथा ओसारपसार यौन शोषणका लागि भएको एटविनको मिडिया विश्लेषणमा उल्लेख छ ।

त्यस्तै, २६ प्रतिशत भने श्रम शोषणका लागि हुने गरेको देखिएको छ । बेचबिखन तथा ओसारपसारमा पर्नेमध्ये सबैभन्दा धेरै बालबालिका र किशोरकिशोरी रहेका छन् । रिपोर्टिङ गरिएकामध्ये ५२ प्रतिशत १७ वर्षमुनिका बालबालिका छन् ।

त्यस्तै पुरुषको तुलनामा महिलाहरु बेचबिखन तथा ओसारपसारमा पर्ने गरेको देखिएको छ । रिपोर्टिङ गरिएकामध्ये ७७ प्रतिशत महिला बेचबिखनमा परेको विश्लेषणमा उल्लेख छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ७ : १५ बजे

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट