२ असार २०८३, मंगलबार | June 16, 2026

तीन लाखको ‘एन्टिजेन’ पुसभित्र परीक्षण



काठमाडौं । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो ।

मन्त्रालयका कोभिड–१९ स्रोत व्यक्ति (फोकल पर्सन) महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको जानकारी दिए । उनका आगामी आइतबारदेखि देशैभरि एन्टिजेन परीक्षण सुरु गरिने छ ।

उनले २ सयभन्दा बढी सक्रिय संक्रमित भएका ठाउँमा उक्त परीक्षण गरिने बताए । “२ सयभन्दा बढी सक्रिय संक्रमित, हटस्पट, ठूला शहर, घना बस्ती र संक्रमणको शङ्कास्पद व्यक्तिमा परीक्षण गरिनेछ”, उनले भने, “परीक्षणबाट समुदायस्तरमा संक्रमण कति फैलिएको छ भन्ने थाहा हुनेछ ।”

यसअघि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायस्तरमा संक्रमण फैलिएको अवस्था पत्ता लगाउन ‘सेरो सर्भेलेन्स’ गरेको थियो । जसमा १३.९ प्रतिशत मात्र समुदायका मानिसलाई संक्रमण देखिएको थियो । ठूलो सङ्ख्यामा गरिने एन्टिजेन परीक्षणबाट १५ मिनेटमा नै संक्रमण भए/नभएको पत्ता लाग्ने छ ।

एन्टिजेन परीक्षणका लागि प्रयोगशालाको आवश्यकता पर्दैन । यस विधिबाट परीक्षण गर्दा स्वाबलाई परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिन्छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा एन्टिजेन परीक्षण गर्दा आठ प्रतिशत मानिसमा संक्रमण देखिएको जानकारी दिए ।

अहिलेसम्म पिसिआर विधिबाट १८ लाख ४९ हजार १ सय ३६ को कोभिड-१९ परीक्षण गरिएको छ । प्रति दश लाखमा ६३ हजार ३ सय ६८ जनामा परीक्षण गरिएको छ ।

त्यसमध्ये दुई लाख ५० हजार ९ सय १६ संक्रमित, नौ हजार ७ सय ५७ जना सक्रिय संक्रमित, दुई लाख ३९ हजार ४ सय १६ जना निको र एक हजार ७ सय ४३ जना संक्रमणबाट निको भएका छन् । अहिले सरकारी ४५ र निजी ३५ प्रयोगशालाबाट दैनिक करिब सात हजारका दरले पिसिआर परीक्षण भइरहेको छ । रासस

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ४ : ०७ बजे

सशस्त्रले रोकेको ‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति संसदमा आज पनि विपक्षी दलको विरोध

काठमाडौं । प्रधानमन्त्रीले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा दिएको

नेपालगन्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

नेपालगन्ज । भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि

औसत मिति टर्यो : मनसुन अझै भित्रिएन

काठमाडौँ । नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने

भित्ते चित्रमा झल्कियो बुटवलको इतिहास, संस्कृति र गौरवगाथा (फोटो फिचरसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाअन्तर्गत लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) को