४ पुस २०८२, शुक्रबार | December 20, 2025

मन्त्रीपरिषद बैठक सकियो, ओलीले अध्यादेशको नामसमेत उच्चारण गरेनन् !



काठमाडौं । बिहिबार साँझ बसेको मन्त्रीपरिषद् बैठक भर्खरै सकिएको छ । अध्यादेशबारे मौन रहँदै नियमित बैठक भर्खरै सकिएको हो ।

आजको बैठकमा विवादित अध्यादेश फिर्ता लिने निर्णय हुने अपेक्षा गरिएको थियो ।

साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको नामसमेत नलिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीले भने, ‘बैठकमा अन्य सामान्य एजेण्डाहरुमा छलफल भएपनि प्रधानमन्त्री ज्यूले अध्यादेशको नामसमेत उच्चारण गर्नु भएन ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बुधबार बसेको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेपनि आजको बैठकमा सामान्य छलफल समेत नभएको हो । अध्यादेश फिर्ताका लागि सरकारले निर्णय गरेर राष्ट्रपति कहाँ सिफारिस गर्नुपर्छ ।

बिहीबार मन्त्रीपरिषद् बैठकको ठीक एक घण्टाअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सो बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहिबार  ९ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको