१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली आजदेखि हट्यो



काठमाडौं । आज (शुक्रबार)देखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हटेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो । अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-बिजोर प्रणालि नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले गुनासो गरेका थिए ।

जोरबिजोर हटाउने सहमतिसँगै आजबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ ।

कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए ।

विगतमा भीडभाड कम गर्न जोर-बिजोर प्रणाली लगाए पनि अहिले अरु कुनै खालका प्रतिवन्धहरु नभएकाले अब जोर-बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने महासंघको भनाइ थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ६ : ३४ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ