५ श्रावण २०८३, मंगलबार | July 22, 2026

आइएमई ग्रुपले गर्यो कोभिड १९ ले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई आर्थिक सहयोग



काठमाडौ । आइएमई ग्रुपले कोभिड १९ का कारण विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुका परिवारलाई आर्थिक सहयोग गरको छ ।
विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका आफन्तलाई ‘आइएमई भरोसा कोष’ अन्तर्गतको रकम वितरण गरेको हो ।

शुक्रबार होटल सांग्रिलामा भएको कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् । आइएमई ग्रुपले आवेदकहरुलाई ५० हजारका दरले चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि त्यो पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको बताए ।

यस्तै प्रबन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने उल्लेख गर्दै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुखद् निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्र कै लागि अपुरणीय क्षति भएको बताए ।

प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोश कोभिड–१९ ले विदेशमा मृत्यु भएका श्रमिकका नेपालमा हुने निकटका आफन्तलाई लाई मात्र भएको बताए ।

ब्राण्ड एम्बासडर दीपकराज गिरीले दुखको बेलामा साथ दिने आइएमईको परम्परा स्मरण गर्दै यस्तो परोपकारी कार्यले संस्थालाई झनै मजबुत बनाउने बताए ।
त्यस्तै ब्राण्ड एम्बासडर दीपाश्री निरौलाले परिवारको लालनपालनका लागि विदेश गएका सदस्य गुमाउनु पर्दा बाँच्नेलाई जुन पीडा हुन्छ त्यो पीडा बुझेर आइएमईले स्थापना गरेको भरोसा कोश आफैंमा महत्वपूर्ण र समग्र निजी क्षेत्रका लागि अनुकरणीय परोपकारी कार्य भएको बताइन् ।

यस्तै कम्पनीले आइएमई पे वालेटमार्फत समेत भुक्तानी लिन सकिने व्यवस्था समेत मिलाएको छ । कम्पनीले कोषको रकम पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने जनाएको छ ।

सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : १९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं