२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आइएमई ग्रुपले गर्यो कोभिड १९ ले विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई आर्थिक सहयोग



काठमाडौ । आइएमई ग्रुपले कोभिड १९ का कारण विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरुका परिवारलाई आर्थिक सहयोग गरको छ ।
विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका आफन्तलाई ‘आइएमई भरोसा कोष’ अन्तर्गतको रकम वितरण गरेको हो ।

शुक्रबार होटल सांग्रिलामा भएको कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् । आइएमई ग्रुपले आवेदकहरुलाई ५० हजारका दरले चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि त्यो पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको बताए ।

यस्तै प्रबन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने उल्लेख गर्दै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुखद् निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्र कै लागि अपुरणीय क्षति भएको बताए ।

प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोश कोभिड–१९ ले विदेशमा मृत्यु भएका श्रमिकका नेपालमा हुने निकटका आफन्तलाई लाई मात्र भएको बताए ।

ब्राण्ड एम्बासडर दीपकराज गिरीले दुखको बेलामा साथ दिने आइएमईको परम्परा स्मरण गर्दै यस्तो परोपकारी कार्यले संस्थालाई झनै मजबुत बनाउने बताए ।
त्यस्तै ब्राण्ड एम्बासडर दीपाश्री निरौलाले परिवारको लालनपालनका लागि विदेश गएका सदस्य गुमाउनु पर्दा बाँच्नेलाई जुन पीडा हुन्छ त्यो पीडा बुझेर आइएमईले स्थापना गरेको भरोसा कोश आफैंमा महत्वपूर्ण र समग्र निजी क्षेत्रका लागि अनुकरणीय परोपकारी कार्य भएको बताइन् ।

यस्तै कम्पनीले आइएमई पे वालेटमार्फत समेत भुक्तानी लिन सकिने व्यवस्था समेत मिलाएको छ । कम्पनीले कोषको रकम पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने जनाएको छ ।

सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : १९ बजे

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त

सकियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी : लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न नेपाल सरकारसँग

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका