१७ बैशाख २०८१, सोमबार | April 29, 2024

सर्वोच्चले हेर्न भ्याएन सभामुख सापकोटा विरुद्धको मुद्दा



काठमाडौं । आज शुक्रबारका लागि तोकिएको सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धाको पेसी फेरि पनि सरेको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा चढेको सापकोटा विरुद्धको मुद्दाको शुक्रबारका लागि पेसी तोकिएको थियो । तर शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएको भन्दै नभ्याइने भनी सर्वोच्चको वेवसाइटमा सुचना प्रकाशित गरिएको छ ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो । तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । सर्वोच्चले आज अचानक सो मुद्दाको पेशी चढाएको थियो ।

तत्कालिन माओबादीले सञ्चालन गरेको जनयुद्धमा सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावी, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर ज्यूँदै परेको भन्दै उनीकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

सुरुमा जाहेरी दर्ता गर्न नमानेको प्रहरीले पत्नी सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेशमा जाहेरी दर्ता भएको थियो । सोही मुद्दा अहिले पनि सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : ५४ बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले