१५ असार २०८३, सोमबार | June 29, 2026

ओलीलाई निषेध हैन नियन्त्रण गर्न खोजेका हौं : प्रचण्ड



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध गर्न नखोजिएको स्पष्ट पारेका छन् ।

शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश १ स्तरीय आफु निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई निषेध नभै नियन्त्रण गरेर जाने खोलिएको बताएका हुन् ।

प्रचण्डले पार्टीको नियन्त्रणबाहिर ओलीको एकलौटीपन बढेकै कारण उनलाई नियन्त्रण गर्न खोजिएको स्पष्ट पारेका हुन् ।

अध्यक्ष प्रचण्डले ‘अध्यक्ष ओलीलाई निषेध होइन नियन्त्रण गर्न खोजेका हौँ, उहाँले पार्टीको निर्णय मान्नुभएन, निर्णय मानेर अगाडि बढ्नुहोस् भन्न खोजेका हौँ’, भनेको भेलामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए ।

प्रचण्डले पार्टी निर्णय मान्न ओलीलाई आग्रह समेत गरेका छन् । प्रचण्डले सचिवालयमा आफुले पेश गरेको राजनीतिक प्रस्तावले प्रवृत्तिगत कुराहरुलाई उजागर गरेपनि ओलीको प्रस्ताव व्यक्तिगत गालिगलौजमा उत्रिएको दाबी समेत गरे ।

भेलामा नेताहरुले प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने समेत बताएका छन् । भेलालाई वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले पनि सम्बोधन गरेका थिए ।

वरिष्ठ नेता नेपालले सम्बोधन गर्दै ओली र उनको समुह गोयबल्स शैलीमा कूप्रचारमा उत्रिएको आरोप लगाए । नेता नेपालले सबै समस्या ओलीबाटै सिर्जित भएको जिकिर समेत गरे ।

भेलामा प्रदेश १ का प्रचण्ड–नेपाल निकट १४ जिल्लाका इन्चार्ज, अध्यक्ष, सचिव र त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागी थिए ।

यसअघि ओलीसमुहले पनि प्रदेश १ को भेला गरिसकेको छ । भुर्चुअल भेलालाई ओलीले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : १४ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि