१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग प्रधानमन्त्री ओलीले गरे छलफल



काठमाडौं । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चारवर्ट सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् । अहिलेको सुरक्षा अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले छलफल गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आइतबार साँझ भएको छलपलमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारी उपस्थित थिए । छलफलमा ओली निकट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।

प्रधानमन्त्रीले संसद विघटन गरेपछि नेकपाका युवा विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । मुलुकका विभिन्न स्थानमा आइतबार दिउँसो प्रदर्शन भएको थियो ।

ओलीले आइतबार नै निर्वाचन आयोगका पदाधिकारीहरुसँग पनि छलफल गरेका छन् । मध्यावधि निर्वाचन घोषणा भएको अवस्थामा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगको तयारीबारे छलफल गरेका हुन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : १८ बजे

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

काठमाडौं । मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत

माउन्टेन डिउ पिएपछि वाकवाकी भएको गुनासो, सरकारले रोक्यो सम्बन्धित ब्याचको बिक्री

काठमाडौं । सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ