२४ बैशाख २०८१, सोमबार | May 6, 2024

चितुवा मृत फेला



बलेवा । बागलुङ नगरपालिका-१३ पैयुँपाटाको जलजला भन्ने ठाउँमा मृतावस्थामा चितुवा भेटिएको छ । वयस्क भाले चितुवा आज जलजलाको खरबारीमा मृत भेटिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले बताए ।

‘बिहान स्थानीयवासीले खबर गर्नुभयो, खरबारीमा मृत चितुवा उहाँहरूले देख्नुभएको रहेछ’, अधिकारीले भने, ‘वन कार्यालयको टोलीले मृत चितुवा उठाएर ल्यायो ।’ के कारणले चितुवा मर्‍यो भन्न नसकिएको उनले बताए ।

चितुवाका शरीरमा कुनै चोटपटक छैन । मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण गरिएको र रिपोर्ट आउन बाँकी छ । रासस

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ०१ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म