१६ श्रावण २०८३, शनिबार | August 1, 2026

संवैधानिक परिषदको सिफारिसमा परेका दुई जनाद्वारा पद अस्विकार



काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको संवैधानिक परिषदले विभिन्न आयोगमा गरेका सिफारिस मध्ये दुईजनाले पद अस्विकार गरेका छन ।

राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस भएका पर्शुराम रम्तेल र समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकार गरेका हुन ।

राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस भएका रम्तेलले एक सूचना निकाल्दै आफू सिफारिस भएको पक्रिया गैरसंवैधानिक र सहमतिविपरीत भएको उल्लेख गर्दै पद अस्विकार गरेका हुन् ।

उनले संसद विघटनको ठाडो विरोध गर्ने र असंवैधानिक सिफारिसको आधारमा आफ्नो नाम परेको प्रति भ्रममा नपर्न आग्रह समेत गरेका छन् । त्यसैगरी समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिनाले पनि पद अस्वीकार गरेका छन् ।

संवैधानिक परिषद्ले आयोगको सदस्यमा सिफारिस गरे पनि आइतबार तिमल्सिनाले आफ्नो फेसबुकमार्फत् पद अस्वीकारको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ५८ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष