८ चैत्र २०८२, आइतबार | March 22, 2026

संविधानअनुसार संसदको नियमित अधिवेशन अबिलम्ब बोलाउन नेकपाका ११४ सांसदको माग



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल पक्षीय सांसदहरुले संसद अधिवेशन अबिलम्ब बोलाउन माग गरेका छन् ।

संघीय संसदको लोत्से हलमा संसदको दुबै सदनका ११४ जना सांसदहरुको भेलाले संविधानअनुसार अबिलम्ब संसद अधिवेशन आह्वान गर्न माग गरेको हो ।

भेलाले आफ्नो पार्टीको संसदीय दलका प्रमुख एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक एवं अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरु कोही पनि नमरेको जिकिर गरे । प्रचण्डले संसद र सांसदहरु जीवितै रहेको बताउँदै केही साथीहरुले मर्नका लागि प्रयत्न गरेको धारणा राखेका थिए । अध्यक्ष प्रचण्डले संविधानअनुसार संसद अधिवेशन बोलाइनुपर्ने धारणा समेत राखेका थिए ।

भेलालाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समेत सम्बोधन गरेका थिए ।

भेलामा प्रतिनिधिसभाका ९० जना र राष्ट्रिय सभाका २४ जना सांसदहरु सहभागि थिए ।

 

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ४ : २५ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड