२ चैत्र २०८२, सोमबार | March 17, 2026

लमजुङमा आठ हजार ४२८ निजी आवास पुनःनिर्माण



लमजुङ । भूकम्प गएको छ वर्ष बित्नै लाग्दा लमजुङमा आठ हजार ४२८ निजी आवास पुनःनिर्माण भएका छन् ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका कूल १५ हजार ५४२ घरमध्ये हालसम्म आठ हजार ४२८ घरको पुनःनिर्माण सम्पन्न भएको छ ।

हालसम्म लमजुङमा पुनःनिर्माणको भौतिक प्रगति ५४ दशमलव २२ प्रतिशत रहेको भूकम्पले क्षति पुर्‍याएका निजी आवास निर्माण गर्न बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङले जनाएको छ ।

जिल्लामा पुनःनिर्माणतर्फका कूल १५ हजार ५४२ लाभग्राहीको घर पुनःनिर्माण गर्ने सूचीमा रहेपनि हालसम्म जम्मा आठ हजार ४२८ घर पुनःनिर्माण एकाइका स्रोत व्यक्ति पर्शन विनय दवाडीले जानकारी दिए । उनका अनुसार कूल लाभग्राहीमध्ये १४ हजार २७७ ले पहिलो किस्ता बुझेका छन् भने १० हजार ७८४ ले दोस्रो किस्ता बुझेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार लमजुङका आठ स्थानीय तहका लाभग्राहीमध्ये बेँसीशहर नगरपालिकाका कूल एक हजार ४५३ लाभग्राहीमध्ये एक हजार ३४८ ले पहिलो किस्ता बुझेका छन् । ९८२ ले दोस्रो किस्ता र ८२८ जनाले अन्तिम तथा तेस्रो किस्ता बुझेका छन् । यसैगरी क्होलासोथर गाउँपालिकाका कूल ४२५ लाभग्राहीमध्ये ३१९ ले पहिलो किस्ता, १४५ ले दोस्रो किस्ता र १४० जनाले अन्तिम किस्ता बुझेका छन् । त्यस्तै मध्यनेपाल नगरपालिकाका कूल एक हजार ६८६ लाभग्राहीमध्ये एक हजार ५५९ ले पहिलो किस्ता, एक हजार १३ ले दोस्रो किस्ता र ८१२ जनाले अन्तिम वा तेस्रो किस्ता बुझेका छन् ।

यसैगरी मस्र्याङ्दी गाउँपालिकाका कूल एक हजार १४७ लाभग्राहीमध्ये एक हजार ८३ ले पहिलो, ७४६ ले दोस्रो र ६३३ जनाले अन्तिम किस्ता बुझेका छन् । सुन्दरबजार नगरपालिकाका कूल दुई हजार ६२९ लाभग्राहीमध्ये दुई हजार ३५० ले पहिलो, एक हजार ७५८ ले दोस्रो र एक हजार ३१४ जनाले तेस्रो किस्ता बुझेका छन् ।

राइनास नगरपालिकाका कूल तीन हजार २२४ लाभग्राहीमध्ये तीन हजार १२७ ले पहिलो, दुई हजार ५४५ ले दोस्रो र एक हजार ९८० जनाले तेस्रो किस्ता बुझेका छन् ।

त्यस्तै दोर्दी गाउँपालिकाका कूल दुई हजार ३६८ लाभग्राहीमध्ये दुई हजार २७३ ले पहिलो, एक हजार ७१२ ले दोस्रो र एक हजार ३६२ जनाले तेस्रो किस्ता बुझेका छन् । दूधपोखरी गाउँपालिकाका कूल दुई हजार ५०१ लाभग्राहीमध्ये दुई हजार २२५ ले पहिलो, एक हजार ८८२ ले दोस्रो र एक हजार ३५९ जनाले तेस्रो किस्ता बुझेको स्रोत व्यक्ति दवाडीले जानकारी दिए ।

विनाशकारी भूकम्प पश्चात लमजुङमा विसं २०७३ पुस १ गतेबाट लाभग्राहीको अभिलेखीकरण व्यवस्थापनको काम साविकका जिल्ला विकास समितिले गर्दै आएको थियो ।

पछि विसं २०७४ मङ्सिर ११ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय स्थापना भई विसं २०७४ पुस १ गतेदेखि स्थानीय तहमा प्राविधिक परिचालन गरिएको र निजी आवासको अनुदान वितरण गर्ने गरी विसं २०७५ जेठ १ गतेदेखि हालको जिल्ला आयोजना कार्यान्वयन एकाइको स्थापना भएको थियो ।

स्रोत व्यक्ति दवाडीले भने, ‘अन्य जिल्लाजस्तै यहाँ पनि लाभग्राहीले नजी आवास पुनःनिमार्णको कामलाई तीव्रता दिएको छ ।’ रासस

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ३६ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित