८ चैत्र २०८२, आइतबार | March 22, 2026

पूर्वराष्ट्रपति र पूर्वप्रधानन्यायाधीस भन्छन् – ‘संसद विघटन असंवैधानिक’; बल प्रधानन्यायाधीसको कोर्टमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको कार्यलाई पूर्व राष्ट्रपतिसहित सर्वोच्च अदालतका २ जना पूर्व प्रधान न्यायाधिसहरुले पनि असंवैधानिभ भएको टिप्पणी गरेका छन् ।

उनीहरुले प्रधानमन्त्रीले सजिलै संसद विघटन गर्ने अधिकार संविधानले कहिँकतै नदिएको स्पष्ट पारेका छन् ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीले प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानीक कदम चालेको प्रतिक्रिया जनाएकी छिन् । प्रधानमन्त्रीले सिफारिस गरी राष्ट्रपतिबाट संसद विघटन नहुँदै उनले प्रधानमन्त्रीको सिफारिस असंवैधानिक रहेको र राष्ट्रपतिले रोक्नु पर्ने प्रतिक्रिया कार्कीको छ ।

सर्वोच्चकै अर्का पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले पनि ओलीको संसद विघटनको निर्णयलाई असंवैधानिक भनेका छन् । पूर्व प्रधानन्यायाधीस श्रेष्ठका अनुसार जुन धारा प्रयोग गरेर संसद विघटन गरिएको छ उक्त धारामा प्रतिनिधिसभा विघटनको अधिकार नै छैन । उनले संसदले प्रधानमन्त्री दिनै नसक्ने अवस्था आएका बखत मात्र संसद विघटन हुने संविधानको प्रावधानलाई गलत प्रयोग गरिएको बताएकाछन् ।

यस्तै पूर्व राष्ट्रपति डा. रामवरण यादवले पनि प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै राष्ट्रको अभिभाकत्व निभाउनु पर्ने निकायबाटै असंवैधानिक काम भएको टिप्पणी गरेका छन् । नयाँ संविधान जारी गरेका पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई सर्वोच्च अदालतले सच्याउनु पर्ने जिकिर गरेका छन् ।

मुलुकको तीन प्रमुख संवैधानिक निकायका पूर्व प्रमुखहरुले असंवैधानिक भनेको कदमका विषयमा अब बोल्नेपालो वर्तमान प्रधान न्यायाधीस चोलेन्द्र शमशेर जबराको आएको छ ।

सर्वोच्च अदालतमा प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदम विरुद्ध १२ वटा रिट परेको छ । यो रिटको सुनुवाईमा प्रधानन्यायाधीस जबराको निस्पक्ष भूमिका राष्ट्रले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ३५ बजे

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा