८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवल उपमहानगरको चौमासिक समीक्षा : महामारी नियन्त्रणदेखि कृषि र पूर्वाधार विकासमा उल्लेख्य प्रगति



बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा चालू आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित विभिन्न आयोजनाहरू प्रथम चौमासिकसम्म धेरै सम्पन्न भएका छन् ।

शहरी पूर्वाधार विकास, पशुपंक्षी विकास, कृषितर्फका धेरै योजनाहरूमा उलेख्य उपलब्धी हाँसिल भएको हो ।

कोभिड-१९ को महामारी रोकथामका लागि महत्वपूर्ण र प्रभावकारी काम गरेको बुटवलले महामारीकै बीचमा पनि उल्लेख्य काम गर्न सफल भएको छ ।

त्यस्तै उपमहानगरपालिकाले आन्तरिक आयतर्फको लक्ष्य पनि प्रथम चौमासिकसम्म ७५ प्रतिशतसम्म प्रगति हाँसिल गरेको छ । यद्यपि कोभिडले गर्दा यसलाई खुम्च्याएको बताइएको छ ।

बुटवल उपमहानगरपालिकाले मंगलबार कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रगति विवरणसहितको समीक्षा सार्वजनिक गरेको थियो । चालू आवमा क्रमागत भई आएका शहरी पूर्वाधार विकासका आयोजना हालसम्म ८४ वटा सम्पन्न भएका छन् ।

आव २०७७/०७८ मा दुई सय ८९ वटा आएका थिए । विकास योजनालाई प्राथामिकता दिएर अगाडि बढेको उपमहानगरपालि यस वर्ष २५ वटा नयाँ योजना अगाडि बढाएको थियो । उपमहानगरमा चालूतर्फ सञ्चालित दुई वटा आयोजना पनि सम्पन्न भइसकेका छन् ।

पत्रकार भेटघाटमा पत्रकारका जिज्ञासाको जवाफ दिंदै उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले चालू आवको प्रथम चौमासिकसम्म ८४ वटा सम्पन्न भएको जानकारी गराइन ।

मंगलबारको कार्यक्रममा कार्यवाहक प्रमुख समेत रहेकी आचार्यले महामारी नियन्त्रणका लागि उपमहानगरका काममा निजी क्षेत्र तथा संघसंस्थाले महत्वपूर्ण सहकार्य गरेको भन्दै प्रशंसा समेत गरिन् ।

किसानलाई प्रोत्साहनदेखि बीउ वितरणसम्म

उपमहानगरले यसअवधिमा किसानलाई प्रोत्साहनदेखि विभिन्न खालका काम गरेको जनाएको छ । पशुपंक्षीतर्फ पशु आहारा सेवा कार्यरक्रममा हिउदे जौं सात सय केजी तथा वर्षिक एक हजार केजी, घासको बीउ दुई सय ४१ जना कृषकलाई बितरण गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आन्तरिक आयतर्फ प्रथम चौमासिकसम्म ७५.०२ प्रतिशत लक्ष्य हाँसिल भएको जानकारी दिए । नगरपालिकाले वार्षिक अनुमानतर्फ ४७ करोड १ लाख रुपैयाँ आम्दामी हुने लक्ष्य थियो । शर्माले भने, ‘हामीले नदीजन्य पद्धार्थ समयमै ठेक्का पटटा लगाउन सकेमा अन्तरिक आयतर्फ लक्ष्य समयमै हाँसिल गर्छ ।’

नगरसभा एवं नगर कार्यपालिकाबाट हालसम्म १६ वटा ऐन, ९ वटा नियमावली र ६ वटा निर्देशिका र ३२ वटा कार्यविधि ४ वटा राजपत्रमा प्रकाशित गर प्रकासन समेत गरिसकेको छ । नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नविकरण मापदण्डसम्बन्धी निर्देशिका-२०७७ जारी गरिएको बताए ।

महामारी नियन्त्रणमा प्रभावकारी काम

बुटवलले सञ्चालन गरेका दुई वटा आइसोलेसन सेन्टरबाट करिब चार सय जना कोरोना संक्रमित आइसोलेट भई निको भएर घर फर्किसकेका छन् । बुटवल उपमहानगरपालिकामा हालसम्म करिब चार हजार जना संक्रमित र तीन हजार दुई सय ५८ जना निको भई घर फर्किसकेका छन् ।

उपमहानगरमा हालसम्म एकसय ६३ जना अझै एक्टिव केस रहेका छन् । त्यस्तै एक हजार सात सय ३१ जना दीर्घरोगी र तीन सय ८१ जना जेष्ठ नागरिकको निःशुल्क पिसिआर जाँच पनि गरिएको छ । उनीहरुलाई घरघरमै पुगेर औषधिसमेत वितरण गरिएको छ ।

बुटवलमा कोरोना संक्रमणबाट ४८ जनाको मृत्यु भएको छे । कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका विरामीलाई आयुर्वेद र एलोपेथिक औषधि सहित स्वास्थ्य लाभको कार्ड सहित ८५६ जनालाई वितरण गरिएको उपमहानगरका सूचना अधिकारी मित्रमणी खनालले जानकारी गराए ।

स्थानीय पाठ्यक्रमका पुस्तकबाट पठन पाठन

स्थानीय पाठ्यक्रमका पुस्तकबाट पठन पाठन गराएको छ । यो मुलुकका पालिकाहरुमा सबैभन्दा नमुना काम बुटवलबाटै भएको हो । बुटवलले एक सय पूर्णाककको स्थानीय पाठयपुस्तक हाम्रो बुटवल चालू शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु भएको छ ।

‘फेस टु फेस मेड’ बाट विद्यालय सञ्चालन गर्न नगरपालिकाबाट विद्यालय परिसरलाई निर्मलीकरण गरिएको छ । विद्यालयहरुमा थर्मल थन तथा स्प्रे मेसिन उपलब्ध गराउने प्रक्रिया थालिएको शर्माले बताए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : १३ बजे

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को