६ श्रावण २०८३, बुधबार | July 22, 2026

कुमारी बैंक र बनेपा हेल्थ केयर बीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशत सम्मको छुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र बनेपा हेल्थ केयर प्राइभेट लिमिटेड बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंक र बनेपास्थित बनेपा हेल्थ केयर प्राइभेट लिमिटेड बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको हो ।

कुमारी बैंक लिमिटेडमा बनेपाकी शाखा प्रबन्धक नवीना वैद्य र बनेपा हेल्थ केयर प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक जितेन्द्र कुमार थापाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बनेपा हेल्थ केयर हस्पिटलमा औषधिहरुमा १० प्रतिशत सम्म, ल्याब टेष्टहरु, एक्स रे, फिजियोथेरापी लगायत विभिन्न दन्त उपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १५० एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ३४ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ