२० मंसिर २०८२, शनिबार | December 6, 2025

कुमारी बैंक र बनेपा हेल्थ केयर बीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशत सम्मको छुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र बनेपा हेल्थ केयर प्राइभेट लिमिटेड बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंक र बनेपास्थित बनेपा हेल्थ केयर प्राइभेट लिमिटेड बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको हो ।

कुमारी बैंक लिमिटेडमा बनेपाकी शाखा प्रबन्धक नवीना वैद्य र बनेपा हेल्थ केयर प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक जितेन्द्र कुमार थापाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार बनेपा हेल्थ केयर हस्पिटलमा औषधिहरुमा १० प्रतिशत सम्म, ल्याब टेष्टहरु, एक्स रे, फिजियोथेरापी लगायत विभिन्न दन्त उपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १५० एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ३४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय