२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेकपा ओली पक्षको निर्णय : पार्टी अध्यक्षबाट प्रचण्ड निस्काशित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत केन्द्रीय सदस्यहरुको बैठकले अध्यक्ष पदबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको ३ दिनपछि ओली पक्षले पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षबाट निस्काशित गरेको छ ।

अल्पमत केन्द्रीय सदस्यको बैठकबाट केन्द्रीय कमिटी विस्तार गरी ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको ओली समूहको आज बसेको पक्षको केन्द्रीय कमिटी बैठकले अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यकारी अध्यक्ष प्रचण्डले दिएको जिम्मेवारी पूरा नगेको आरोप लगाउँदै कार्यकारी अध्यक्षबाट हटाएको हो ।

बैठकले प्रचण्डलाई पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी दिएको भएपनि एकताको काममा कुनै ध्यान नदिएको अभियोगमा कार्यकारी अध्यक्षबाट हटाएर कारबाही गरिएको गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

तीनदिन अघि प्रचण्ड-माधव पक्षको नेकपाले संसद विघटन गर्ने ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो। ओलीलाई अध्यक्षबाट हटाएर सो स्थानमा माधव नेपाललाई अध्यक्ष चयन गरेको थियो।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ४ : ५७ बजे

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार