२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेकपा प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरु निर्वाचन आयोग र सर्वोच्च जाँदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वोच्च अदालत जाने भएका छन् ।

बिहीबार काठमाडौमा सम्पन्न नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार आज बिहान १० बजे सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र मध्याह्न १२ बजे सबै सांसद सर्वोच्च अदालत जान थालेका हुन् ।

नेकपाका बहुमत केन्द्रीय सदस्य र बहुमत सांसद एक ठाँउमा भएको प्रमाण पेश गर्न सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबै जना जाने निर्णय भएको प्रचण्ड–नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए ।

निर्वाचन आयोगको दलको आधिकारीकता सम्बन्धी कार्यबिधिमा पनि रानीतिक दललले दाबी गरेको नामलाई प्रत्यक ब्यक्तिले सनाखत गरिदिनु पर्ने व्यवस्था रहेको छ ।

आफहूसँग रहेको बहुमत र हस्ताक्षरबारे पनि कुनै शंका नहोस् भनी त्यसो गर्न लागिएको ती नेताले बताए।

बिहिबार बसेको सो पक्षको बैठकले आधिकारिक पार्टी आफू भएको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च अदालत जाने तथा पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ०२ बजे

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ