१ भदौ २०८३, सोमबार | August 18, 2026

संसद विघटनबिरुद्धको रिट निबेदनको आज संवैधानिक इजलासमा सुनुवाइ हुने



काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज संवैधानिक इजलाशमा सुनुवाइ हुने भएको छ । फरक फरक ढंगले संसद विघटनका बिरुद्ध दर्ता भएका १३ वटा रिट निबदेनको आज संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । गत बुधवार प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल बेन्चले प्रारम्भिक सुनुवाइ गर्दै संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै तथा संबिधानको धाराको ब्याख्या पनि गर्नु पर्ने ठहर गर्दै दर्ता गरिएका सबै रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेका थिए ।

संवैधानिक इजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश रहने ब्यवस्था रहेको छ । रोष्टरमा नाम रहेका वरिष्ठ न्यायाधिशहरु मध्यबाट प्रधानन्यायाधीसले ५ जनाको इजलास गठन गर्ने अभ्यास रहँदै आएको छ।

संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन । संवैधानिक इजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिनसक्ने कानुनविद्हरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेपछि सो कदमको चौतर्फी विरोध भएको छ । संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै सो कदम खारेजीको माग गरेर सर्वोच्चमा रिट दायर भएका छन् ।

सर्वोच्च अदातलकै ३ जना पूर्व प्रधानन्यायाधीस समेत पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्रीको संसद विघटन गर्ने निर्णयलाई असंवैधानिक भएको बताईसकेका छन् ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  १० : ०१ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार