२२ बैशाख २०८१, शनिबार | May 4, 2024

केपी ओली गणतन्त्र र संघीयता विरोधी : माधव नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल पक्षका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा आगामी कार्यक्रमको सम्बन्धमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, संघियता लगायका राजनीतिक परिवर्तन विरोधी भएको बताएका हुन् ।

ओली कम्युनिष्ट बिचार, आचरणबाट विचलन र पतनको बाटोमा हिडेको भन्दै कम्युनिष्ट आन्दोलन नै सिध्याईदिने हो कि भन्ने चिन्ता व्यक्त गरे । ओलीमा गणतन्त्र, संघीयताप्रति अपनत्व, माया, मोह, ममता नभएको नेता नेपालको भनाइ छ ।

ओलीले कुनै पनि समस्याहरुको सहज अवतरण नचाहाने नेपालको भनाई छ । उहाँले अध्यक्ष प्रचण्डसँग कम्युनिष्ट आन्दोलन, बिचार, सिद्धान्त मिलेको र पार्टीलाई सुदृढ बनाउँदै पार्टी कमिटीको आधारमा चल्ने कुरा मिलेको बताए । आगामी दिनमा आपसी विश्वास राख्दै बिगतका कमी, कमजोरी सुधार्दै अघि बढ्ने समेत बताए ।

अध्यक्ष नेपालले आधिकारिक पार्टी आफुहरुको भएकाले पार्टी कार्यालय र पार्टीको सम्पति आफुहरुको हुने दाबी समेत गरे ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ५ : ३४ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ