२० मंसिर २०८२, शनिबार | December 6, 2025

बेमौसमी तरकारी खेतीप्रति आकर्षण



जुम्ला । जुम्लाका स्थानीयवासी बेमौसमी तरकारी खेतीप्रति पछिल्लो समयमा आकर्षण भएका छन् ।

बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि यहाँका आठवटै स्थानीय तहका स्थानीयावासीका घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् ।

हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन गर्न थालेका तिला गाउँपालिका-१ का स्थानीयवासी भीमबहादुर बुढाले जानकारी दिए ।

उनले भने, “जिल्लामा हिउँदको समयमा तरकारी अभाव हुने गरेको छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । ” तराईबाट आएको तरकारी महँगो हुने भएपछि घरमै आफैँ उत्पादन गरेको तरकारीले घरमा खानेदेखि बजारमा बिक्री हुने भएकाले यस समयमा यहाँका किसान तरकारी खेतीमा आकर्षित भएको उनले बताए ।

विदेश तथा भारतबाट घर फर्केका युवामा यस पेशमा आकर्षण भई बेमौसमी तरकारी खेतीमा लागेको स्थानीयवासी सरोज केसीले जानकारी दिए । प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि यस समयमा बेमौसमी तरकारी उत्पादनमा यहाँका स्थानीयवासी लागिपरेका स्थानीयावासी उनले बताए ।

सिंजा गाउँपालिका स्थानीयवासी गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन गर्न गाउँका स्थानीयवासीको प्रतिस्पर्धा हुनेगरेको केसीले बताए । उनले भने, “तरकारी खेती गर्न थालेपछि किसानको आम्दानीको स्रोतदेखि ग्रामीण भेगका महिलाको व्यक्तिगत विकासदेखि जीविकापार्जनमा मद्दत पुगेको हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।

बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको यहाँका बेमौसमी तरकारी खेतीमा लागेकका स्थानीयवासी बताउँछन् ।

प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा १५ देखि २० मा बिक्री हुने गरेको छ । स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गर्दै आएका छन् ।

उनले भनिन्, “सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा यहाँका स्थानीयवासीमा आकर्षण बढेको छ ।”

मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको छ । बारीमा आएर साग, धनियाँ, टमाटर र गाँजर किन्न आउने गरेका किसान राप्रसाद धितालले बताए । रासस

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : ५१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय