६ श्रावण २०८३, बुधबार | July 22, 2026

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सप्तरीको अग्निसाईर कृष्णासवरण–४,प्रश्वनीमा



काठमाडौ । सनराइज बैंक लिमिटेडले सप्तरीको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ । बैंकले अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री विनोद प्रसाद चौधरीलार्ई नियुक्त गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा अग्निसाईर कृष्णासवरण गाँउपालिका उप–प्रमुख श्रीमती मिना चौधरी, अग्निसाईर कृष्णासवरण गाँउपालिका वडा नं. ४ का अध्यक्ष श्री महेश कुमार यादब, निवर्तमान गा.वि.स अध्यक्ष श्री बदि« नारायण चौधरी, सन्राइज बैंक प्रदेश नं २ का प्रमुख श्री रोहित कुमार महाशेठ, राजबिराज शाखाका शाखा प्रबन्धक श्री मुकेश कुमार शाह र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ४ का अध्यक्ष श्री महेश कुमार यादबले गरेका थिए । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५७ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ६ : ०६ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा