२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोनाभाइरस पत्रकार महिलाका लागि पीडादायी बन्यो



रुपन्देही । कोरोनाभाइरस पत्रकार महिला तथा सञ्चारकर्मीका लागि पीडादायी बनेको र यसले पत्रकारिता पेसा नै कमजोर भएको निष्कर्ष निकालिएको छ । सञ्चारिका समूह लुम्बिनी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको ‘कोभिड–१९ र पत्रकार महिलाको अवस्था’ विषयक अन्तरक्रियामा कोरोना भाइरस सङ्क्रमणले सञ्चारमाध्यमको आयस्रोत गुमेको र अधिकांश पत्रकार महिलाको रोजीरोटी खोसिएकाले समस्या भएको निचोड निकालिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले कोरोना भाइरस सङ्क्रमणका कारण सञ्चार संस्थाको अवस्था कमजोर हुँदा पत्रकारले नियमित पारिश्रमिक नपाउने अवस्था सिर्जना भएको बताए । उनले प्रदेशका पत्रकारको कोरोना बीमा गरिएको बताउँदै प्रदेशमा २९ जना पत्रकार कोरोना सङ्क्रमित भएकामा १८ जनाको बीमा दाबी गरिएको बताए । अहिलेसम्म चारजनाको मात्रै भुक्तानी भएको उनको भनाइ छ । नेपाल पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पत्रकार महासङ्घ जहिले पनि श्रमजीवी पत्रकारहरुको पक्षमा रहेको बताए ।

सञ्चारिका समूह लुम्बिनीका सल्लाहकार इन्दिरा अर्यालले कोरोनाको तनाव झेलेर पनि पत्रकार महिलाले सक्रिय ढङ्गले समाचार सङ्कलन गरेको बताउँदै समस्यालाई सृजनामा बदल्न सक्नुपर्ने धारणा राखे । सञ्चारिका समूह लुम्बिनीका सल्लाहकार तथा प्रेस युनियनका अध्यक्ष रेखा भुसालले मिडियामा पत्रकार महिलाको सहभागिता बलियो बनाउन जिम्मेवारी र भूमिकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

अर्का सल्लाहकार अमृता अनमोलले सञ्चारकर्मीको पेसा बचाउन सञ्चार संस्था बलियो बनाउनुपर्ने भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारले सञ्चार अनुदान बढाउनुपर्ने र सञ्चार क्षेत्रमा छुट्याएको रकम कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । सञ्चारिका समूहका अध्यक्ष निरु गौतमले हरेक सञ्चार संस्थामा लैङ्गिक नीति बनाउने, संविधानको मर्मअनुसार समानुपातिकरुपमा पत्रकार महिलाको सहभागिता बढाउनुपर्ने र क्षमता विकास तथा लेखनवृत्तिका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष कल्पना तिवारी, सञ्चारिका समूहका उपाध्यक्ष मीना ढकाल, सचिव अस्मिना पाण्डे, पत्रकारहरु लक्ष्मण पोखरेल, एनबी कँडेल, पूजा पन्थी, कमला पाण्डे, छाया पन्थलगायतले विभिन्न सङ्घसंस्था र सञ्जालसँगको सहकार्यमा आर्थिक स्रोतको खोजी गर्ने र सञ्चार संस्थालाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए र

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ९ : ४१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय