१९ बैशाख २०८१, बुधबार | May 2, 2024

घरभित्रै वृद्धाको शव फेला



कञ्चनपुर । पुर्नवास नगरपालिका-१ ढक्का हिरापुरका ७१ वर्षीय खण्टी भुल आइतबार घरभित्रै मृत अवस्थामा फेला परेकी छन् ।

घरमा एक्लै बस्दै आएकी वृद्धाको हत्या गरिएको आशङ्का गरिएको छ । शव रहेको स्थानमा रगत बगेको देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ ।

वृद्धा नउठेपछि छिमेकीले घरभित्र हेर्दा मृत अवस्थमा रहेको पाइएपछि प्रहरीलाई खबर गरेका हुन् । ‘मृतकको बायाँ कानमा चोट लागेको देखिएको छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले भने, ‘कुकुरसहितको टोली घटनास्थलमा परिचालन गरिएको छ । के कारणले वृद्धको मृत्यु भएको भन्ने बारे घटनास्थलको अनुसन्धान पश्चात मात्रै जानकारी हुन्छ ।’

मृतकका भाइ हिरे भुलका अनुसार खण्टीले कान र घाँटीमा लगाउने सुनका गहना समेत फेला परेका छैनन् । रासस

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ४८ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी