२० मंसिर २०८२, शनिबार | December 6, 2025

संसद विघटनविरुद्ध कांग्रेसले आज १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै



काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध देशका १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोध गर्दैछ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले विरोध भने पहिलोपटक गर्न लागेको हो ।

पदाधिकारी बैठकमा असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख कदम ठहर गरेको कांग्रेस ७ गतेदेखि सुरु केन्द्रीय समितिमा भने चुनावमा जाने कि विरोधमा भन्ने विवादमा फसकेको थियो ।

सभापति शेरबहादुर देउवा पक्षले आन्दोलनलाई निकासहीन बन्न सक्ने भन्दै निर्वाचनकेन्द्रित कार्यक्रममा जानुपर्ने बताएपछि संस्थापनइतर पक्ष बिच्किएको थियो । उसले असंवैधानिक विज्ञप्तिमा भनेर नहुने भन्दै चर्को विरोध जनाएपछि विवादका विषयसमेत सार्वजनिक भएका थिए ।

सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गरी कांग्रेसले सर्वसम्मतिबाट आन्दोलनमा जाने निर्णय गरेको भन्दै उत्साहजनक सहभागिताका लागि अपिल गरेका छन् ।

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकमतसाथ उभिएको छ,’’ देउवाले वक्तव्यमा भनेका छन्, ‘‘जारी केन्द्रीय कार्यसमितिमा म आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम्विरुद्ध सहभागी हुन पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रप्रेमीलाई अपिलसमेत गरेका छन् ।

कांग्रेसका केही नेताबाहेक अधिकांश नेताहरु आ-आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । सभापति देउवाले भक्तपुर, प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं-२ मा सम्बोधन गर्नेभएका छन् भने युवा नेताहरु गगन थापाले नेपालगन्ज र धनराज गुरुङले गोरखामा सम्बोधन गर्ने कार्यक्रम छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्र पुगिसकेका छन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले नयाँबानेश्वरमा आफ्नै क्षेत्रको सभालाई सँबोधन गर्दै छन् ।

उपत्यकाकेन्द्रित एकीकृत सभा गर्दा पर्याप्त उपस्थिति र प्रभाव रहने भनेर केन्द्रीय समितिमा प्रस्ताव आए पनि निर्वाचन क्षेत्रकेन्द्रित गर्ने भनिएका कारण सबै निर्वाचन क्षेत्रमा प्रदर्शन हुन लागेको हो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : ३९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय