१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

कुमारी बैंकले गर्यो थप ८ शाखा बिस्तार



काठमाडौ । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर ८ नयाँ शाखाको बिस्तार गरेको छ । बैंकले काठमाडौंको खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाँट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको बिस्तार गरेको हो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको जनाएको छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १८७ वटा शाखाहरु, १५२ वटा एटिएम्हरु तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहीन युनिटहरुद्घारा सेवा दिइरहेकोमा थप ८ वटा शाखा पश्चात अब बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ ।

साथै हालसम्म बैंकले नवीन्तम डिजीटल प्रोडक्ट मार्फत आफ्नो ग्राहकहरुलाई सेवा दिदै आएको छ र आउँदा दिनहरुमा अझ सशक्त रुपमा डिजीटल प्लेटफमबाट आफ्ना पहुँच बढाउँदै जनेछ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : १० बजे

भुटानमा शिंताफू हिमताल फुट्यो, लाया क्षेत्र सडक सम्पर्कविहीन

काठमाडौं । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि

एनपीएलमा आज विश्राम, शनिबार दुई खेल

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज

स्याफ्रुबेँसी-खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा

रुपन्देहीमा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु

बुटवल । नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान