१५ असार २०८३, सोमबार | June 29, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–नेपाल नेकपाद्वारा देशव्यापी विरोध प्रदर्शन



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर विरोध प्रदर्शन सुरु गरेको छ ।

नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्षले देशव्यापी आन्दोलन सुरु गरेको हो । केन्द्रीय नीतिअनुसार आज मंगलबार देशभर विरोध प्रदर्शन सुरु गरिएको छ ।

काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुले नेतृत्व गरेका छन् ।

काठमाडौंको विभिन्न भागबाट सुरु गरिएको जुलुस प्रदर्शन भृकृटीमण्डमा पुगेर आमसभामा परिणात हुनेछ । सभालाई शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

पुष ५ गतेबिहानसम्म एउटै पार्टी रहेको नेकपा अहिले व्यवहारिक रुपमा फुटेर दुई टुक्रा भैसकेको छ । एक टुक्राको नेतृत्व प्रचण्ड–नेपाल पक्षले गरेका छन् । जहाँ दुई तिहाई केन्द्रीय सदस्य र अधिकांश सांसदहरु रहेका छन् भने अर्को टुक्राको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्, जोसँग राज्यका संबै अंगहरु रहेका छन् ।

दुवै पक्षले आआफ्नो पक्षमा नेता कार्यकर्ता र मतदाताहरुलाई आकर्षित गर्न भगिरथ प्रयत्न गरिरहेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १ : १९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै