२० बैशाख २०८३, आइतबार | May 3, 2026

विश्वज्योती वचत तथा ऋण सहकारीको १८ औ वार्षिक साधारण सभा सम्पन्न



बुटवल । विश्वज्योती वचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १८ औ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

कोरोना भाईरस (कोभिड-१९) महामारीको कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै पौष ५ गतेदेखि सुझाव तथा प्रतिकृयाहरु माग गरिएको थियो । प्रतिवेदनमाथिको सुझाव संकलन कार्यक्रम पश्चात बुधबार संकलित सुझाव र सहकारीलाई आगामी दिनमा सबल, सक्षम र प्रतिस्पर्धी गराउँदै अगाडि बढाउने दीर्घकालिन लक्ष्य सहितका भावी योजना अगाडि सारिएको छ ।

कार्यक्रममा सहकारीले गरिरहेका गतिविधि, योजना र भावी दिनमा गर्नुपर्ने योजनालाई समेटिएको प्रतिवेदन अध्यक्ष जोगलाल विश्वकर्माले प्रस्तुत गरेका थिए । साधारण सभाले सहकारीको सेयर पुजी बढाउने, सदस्य बिस्तार गर्ने प्रस्ताव पारित गरेको छ ।

अध्यक्ष जोगलाल विश्वकमाको अध्यक्षता सचिव हेम बहादुर बिकको संचालन तथा उपाध्यक्ष दिपक बिकको स्वागतमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष मातृका प्रसाद गहतराजले प्रस्तुत गरेको आर्थिक प्रतिवदन, लेखा समिति संयोजक दल बहादुर लोहागुनले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मतीले पारित भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा न ५ का अध्यक्ष तेज प्रशाद सुनारले सहकारीले सधै रचनात्मक काम गरेको बताउदै अब यसको दायरा बढाउदै बचत जम्मा गर्ने र ऋण लगानी गर्ने मात्रै भन्दा पनि उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । थोरै संख्याबाट सुरु भएको सहकारी अहिले हजारौंको ५३२ जना सदस्य बढाउन सफल भएको भन्दै आर्थिक समृद्धिमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए । उनले नीति, बिधि र प्रविधी अंगालेर काम गर्न पनि सुझाव दिए ।

संस्थाका अध्यक्ष जोगलाल बिश्वकर्माले पछाडि पारिएको वर्ग र समुदायको नेतृत्व तथा ब्यबस्थापनमा खोलिएको सस्थाले सदस्यहरुको हितलाई ध्यानमा राख्दै सहकारीले आर्थिक गतिविधि अगाडि बढाएको उल्लेख गर्दै यसबाट धेरै सदस्यहरु लाभान्वित भएको बताए ।

कार्यक्रममा रूपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम बि बिश्वकर्मा, सुनचाँदी महिला संघका अध्यक्ष कमला बिक, रेवन्त बिश्वकर्मा, निवर्तमान अध्यक्ष किशोर कुमार सेन्चुरी, सस्थापक अध्यक्ष सिताराम रसायली लगायतले बोल्दै क्रृण र बचतलाई मात्र प्राथमिकतामा नराखी उत्पादन बढाउने दिशातर्फ प्राथमिकता दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  ७ : ४१ बजे

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका