१६ माघ २०८२, शुक्रबार | January 30, 2026

गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन हुँदै



सिन्धुपाल्चोक । स्थानीय गुफाडाँडामा आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै छ । यहाँ दाेस्राे पटक जलवायु सम्मेलन आयाेजना गर्न लागिएकाे हाे ।

मेलम्ची नगरपालिका-९ गुफाडाँडामा विगत वर्ष जस्तै यस वर्ष पनि दोस्रो जलवायु सम्मेलन, दिवस तथा अन्तर्क्रिया आयोजना गरिने जिल्ला समन्वय समिति (जिसस)ले जनाएको छ ।

जिसस राष्ट्रिय महासङ्‍घका उपाध्यक्ष सन्तमान तामाङकाे प्रमुख आतिथ्यमा आज हुने कार्यक्रममा ७७ जिससका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यालयका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै स्थानीय तहका प्रतिनिधिलगायत अन्य सरोकार निकायको सहभागिता रहनेछ ।

सम्मेलनका अवसरमा यस वर्ष ७८ झण्डोत्तोलन, जलवायु परिवर्तन एवं कोभिड-१९ सम्बन्धी सन्देशमूलक तुल प्रदर्शन र जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया गरिने सिन्धुपाल्चोक जिसस प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिएका छन ।

वि.सं. २०७५ को पहिलो जलवायु सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले गुफाडाँडामा उद्घाटन गरेकी थिइन । रासस

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : २१ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र