३१ भदौ २०८३, बुधबार | September 16, 2026

गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन हुँदै



सिन्धुपाल्चोक । स्थानीय गुफाडाँडामा आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै छ । यहाँ दाेस्राे पटक जलवायु सम्मेलन आयाेजना गर्न लागिएकाे हाे ।

मेलम्ची नगरपालिका-९ गुफाडाँडामा विगत वर्ष जस्तै यस वर्ष पनि दोस्रो जलवायु सम्मेलन, दिवस तथा अन्तर्क्रिया आयोजना गरिने जिल्ला समन्वय समिति (जिसस)ले जनाएको छ ।

जिसस राष्ट्रिय महासङ्‍घका उपाध्यक्ष सन्तमान तामाङकाे प्रमुख आतिथ्यमा आज हुने कार्यक्रममा ७७ जिससका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यालयका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै स्थानीय तहका प्रतिनिधिलगायत अन्य सरोकार निकायको सहभागिता रहनेछ ।

सम्मेलनका अवसरमा यस वर्ष ७८ झण्डोत्तोलन, जलवायु परिवर्तन एवं कोभिड-१९ सम्बन्धी सन्देशमूलक तुल प्रदर्शन र जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया गरिने सिन्धुपाल्चोक जिसस प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिएका छन ।

वि.सं. २०७५ को पहिलो जलवायु सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले गुफाडाँडामा उद्घाटन गरेकी थिइन । रासस

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ७ : २१ बजे

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक