५ चैत्र २०८२, बिहिबार | March 19, 2026

जीपको ठक्करले एक पाटे बाघको मृत्यु



बारा । महेन्द्र राजमार्ग अन्र्तगत बाराको पथलैया-अलेखगञ्ज सडकखण्डमा जीपको ठक्करले एक पाटे बाघको मृत्यु भएको छ ।

पथलैया-अलेखगञ्ज सडकखण्डको आधाभार भन्ने स्थानमा जीपको ठक्करबाट पाटे बाघको ज्यान गएको हो ।

बा १६ च ८११ नम्बरको जीपको ठक्करले गम्भीर घाइते भएको पोथी बाघको टाउकोमा गहिरो चोट लागेका कारण बचाउन नसकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख एवं संरक्षण अधिकृत मनोज साहले बताए ।

यो घटना आज बिहान करिब ७ बजे भएको हो । ठक्कर दिने जीप र चालक निकुञ्जको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरिने निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ११ : ०७ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको